पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगरपालिकसँग भएको सम्झौता बदर

पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगरपालिकसँग भएको सम्झौता बदर भएको छ। मारवाडी सेवा समिति नेपालले दायर गरेको रिटमा सुनुवाइ गर्दै पाटन उच्च अदालतले सम्झौता बदर गर्ने फैसला गरेको हो। अदालतले आज समितिको पक्षमा फैसला गरेको हो। यससँगै मारवाडी समितिले धर्मशाला चलाउने बाटो खुलेको छ।  पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समिति नेपालबीच २०६० जेठ १२ गते भएको सम्झौता पशुपति क्षेत्र विकास कोषले २०८० साउन १७ एकतर्फी रूपमा भंग गरेको थियो। सम्झौता भंग भएपछि समितिले गौशाला धर्मशाला माथि कोषले हस्तक्षेप गर्न खोजेकोले उक्त सम्झौता रद्द गर्ने निर्णय बदर गरिपाऊँ…

सरकारको चालक अनुमतिपत्रकालागि न्यूनतम उमेर बढाउने तयारी

सरकारले चालक अनुमतिपत्र अर्थात् ‘ड्राइभिङ लाइसेन्स’ लिन चाहिने न्यूनतम उमेर बढाउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई पाङ्ग्रे गाडीको चालक अनुमतिपत्र लिने उमेर १६ वर्षबाट बढाएर १८ वर्ष पुर्‍याउने प्रस्ताव गरेको हो । यस्तै अहिले १८ वर्षमा लिन पाइने मझौला गाडीको चालक अनुमतिपत्रका लागि २१ वर्ष पूरा हुनुपर्ने प्रस्ताव छ । अहिले २१ वर्षमा लिन पाइने ठूला गाडीको चालक अनुमतिपत्रका लागि २३ वर्ष प्रस्ताव गरेको मन्त्रालयका यातायात शाखा प्रमुख शङ्कर सिंह धामीले जानकारी दिनुभयो । किशोर तथा युवा समूहका व्यक्तिले चलाएका गाडी दुर्घटनामा धेरै परेको पाइएपछि…

खैरो हेरोइनसहित चार जना पक्राउ

खैरो हेरोइनसहित चार जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । ३४ ग्राम खैरो हेरोइनसहित काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित पेट्रोलपम्प नजिकैबाट चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा धादिङको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय समीर रोका, सोही ठाउँमा निलकण्ठ गाउँपालिका–११ बस्ने २७ वर्षीय अनुप घिमिरे, नुवाकोटको लिखु गाउँपालिका–३ बस्ने २७ वर्षीय विक्रम तामाङ र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३७ वर्षीय रोमश्वर अधिकारी छन् । उनीहरुलाई सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको मोटरसाइकल र क्रेटा गाडी समेत नियन्त्रणमा लिइएको छ । उनीहरू मोटरसाइकल र बा १५…

शाहको स्वास्थ्यमा सुधार

हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार भएको छ । पारिवारिक स्रोतका अनुसार स्वास्थ्यमा सुधार भएकाले केही दिनमै डिस्चार्ज गरिने चिकित्सकले जनाएका छन्।  आइतबार राति हृदयघात भएपनि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालको आइसियुमा राखेर उनको उपचार भइरहेको छ। डा.यादब भट्ट लगायत चिकित्सक उनको उपचारमा संलग्न हुनुहुन्छ ।  यसअघि पनि पारसलाई तीन पटकसम्म हृदयघात भएको थियो। 

धादिङमा बागमती प्रदेश स्तरीय पहिलो साहित्य महोत्सव सुरु

धादिङमा बागमती प्रदेश स्तरीय पहिलो साहित्य महोत्सव सुरु भएको छ । शुक्रबार बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीको अध्यक्षतामा सुरु भएको उक्त महोत्सवको बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले उद्घाटन गर्नुभएको हो । बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना र नीलकण्ठ प्रज्ञा प्रतिष्ठान र नीलकण्ठ नगरपालिका सहआयोजना तथा स्थानीय स्तरका सामाजिक संघसंस्थाहरुको सहजीकरणमा दुई दिने बागमति प्रदेश स्तरीय साहित्य महोत्सबको शुक्रबार उद्घाटन गरिएको हो । महोत्सवको उद्धघाटन समारोहलाई सम्बोधन गर्नुहुदै बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले साहित्य मानव समाजको ऐना भएकोले न्याय, चेतना परिवर्तन र…

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै

भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । धादिङको शिद्धलेक,पशुपति मन्दिर,गुप्तेश्वरी,गोगनपानीमा रहेको बागबछला महादेव मन्दिर,महेशदोभावनमा रहेको शिव मन्दिर लगायतका मन्दिरहरुमा विशेष मेला लाग्दैछ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको…

तामाङ समुदायले आज विविध कार्यक्रम आयोजना गरी सोनाम ल्होसार मनाउँदै

तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना…

किबो बोर्डिङ स्कुलमा खेलकुद सप्ताह सम्पन्न

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको किबो बोर्डिङ स्कुलमा खेलकुद सप्ताह सम्पन्न भएको छ । विद्यालयको प्रधानाध्यापक प्रयास रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति धादिङको अध्यक्ष प्रताप सिंह तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि तामाङले किबो बोर्डिङ स्कुलले विद्यार्थीहरुको शारिरीक तथा मानसिक विकास गराउनका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरु गरेको प्रति धन्यवाद व्यक्त गर्दै स्कुललाई खेलकुद सामग्री प्रदान गर्ने बताउनुभएको छ । साथै यस्तै विद्यालय स्तरिय खेलकुद कार्यक्रमहरुले नै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो । उक्त प्रतियोगिताबाट यो साल सिनियर…

अछाममा किशोरीहरु मृत भेटिएको घटनाः प्रदेशको टोली ले सुरु गरे अनुसन्धान

घटना स्थलको तस्बिर

१५ माघ, धनगढी । अछाममा गोठालो गएका दुई जना किशोरी मृत अवस्थामा भेटिएको घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयको टोली खटिएको छ ।प्रदेश प्रहरी कार्यालयले ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनाको अनुसन्धानका लागि टोली खटाएको हो ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्दले जिल्ला प्रहरी कार्यालयले गरिरहेको अनुसन्धानलाई सघाउन प्रदेशबाट छुट्टै टोली परिचालन गरिएको बताउनुभयो।‘जिल्ला प्रहरी कार्यालयले दुई जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिररहेको छ तर अहिलेसम्म धेरै कुरा खुलेको छैन्,’ उहाँले भन्नुभयो,…

काठमाण्डौमा आजदेखि चार दिन दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध

काठमाण्डौ – काठमाण्डौका केही ठाउँमा आजदेखि चार दिन दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज मङ्गलवार गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । भोलि बुधवार मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, पर्सि बिहीवार शङ्खमुल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । आउने शुक्रवार केएमसी र पुरानो एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले बताएको छ । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण…