महानगरका सम्पदा क्षेत्रमा १० हजार ७२९ वर्ग मिटर ढुङ्गा बिछ्याइयो

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले १० हजार ७२९ वर्ग मिटर क्षेत्रमा ढुङ्गा बिछ्याउने काम भइसकेकाे बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै मेयर साहले सहरी सौन्दर्य, सम्पदा संरक्षण र पैदल यात्रीलाई सहजताको योजना अनुरूप १० हजार ७२९ वर्ग मिटर क्षेत्रमा ढुङ्गा बिछ्याएकाे बताएका हुन्। महानगरको चालु आर्थिक वर्षभित्र ३२ हजार ८५१ वर्ग मिटर क्षेत्रमा ढुङ्गा छाप्ने लक्ष्य अनुरूप काम भइरहेको र अहिलेसम्म १० हजार ७२९ वर्ग मिटर क्षेत्रमा ढुङ्गा बिछ्याएकाे उनले बताएका छन्। उनले लेखेका छन्, ‘हामीले चालु आर्थिक वर्षभित्र ३२ हजार ८५१ वर्ग मिटर क्षेत्रफलमा ढुङ्गा बिछ्याउने लक्ष्य पूरा गर्न…

बंगलादेशद्वारा भारतसामु २२९ रनको लक्ष्य प्रस्तुत

आइसिसी च्याम्पियन्स ट्रफीमा बंगलादेशले भारतसामु २२९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।   यूएईको दुवई क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभर सकिन २ बल बाँकी हुँदा २२८ रनमा अलआउट भयो ।  कमजोर सुरुवात गरेको बंगलादेशका लागि तोहिद रिदोएले रनको योगदान गरे । चार जना ब्याट्सम्यान डक आउट भएको बंगलादेशी इनिङसमा जाकर अली ६८ रनमा आउट भए । ३५ रन जोड्दा ५ विकेट गुमाएको स्थिति सम्हाल्दै तोहिद र अलीले छैठौं विकेटका लागि १५४ रनको साझेदारी गरे । भारतका लागि मोहमद सामीले ५ विकेट लिए । आफ्नो…

आइसिसी च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा न्युजिल्यान्डद्धारा आयोजक पाकिस्तानसामु ३२१ रनको लक्ष्य प्रस्तुत

आइसिसी च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा न्युजिल्यान्डले आयोजक पाकिस्तानसामु ३२१ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ ।   कराँचीमा आयोजक पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको किविज टोलीले निर्धारित ओभरमा ५ विकेट गुमाएर ३२० रनको उच्च योगफल तयार पारेको हो । विल यङ र टम लाथमले सतक बनाएपछि न्युजिल्यान्ड उच्च योगफल तयार पार्न सफल भयो । ११३ बलको सामना गरेका यङले १२ चौका र एक छक्काको मद्दतमा १०७ रन बनाए ।  ९५ बलमा सतक पूरा गरेका लाथम ११८ रनमा नटआउट रहे । ग्लेन फिलिप्सले ३४ बलको सामना गर्दै चार छक्का…

सुनको भाउ आज एकै दिन तोलामा एक हजार एक सय रुपैयाँले बढ्यो।

सुनको भाउ आज एकै दिन तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा एक हजार एक सय रुपैयाँले बढेर तोलामा एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर  एक हजार नौ सय ८५ रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ…

आजदेखि पाकिस्तानमा च्याम्पियन्स ट्रफी शुरू हुँदै

आजदेखि पाकिस्तानमा च्याम्पियन्स ट्रफी शुरू हुँदैछ । उद्घाटन खेलमा पाकिस्तान र न्युजिल्यान्ड खेल्नेछन् । यो खेल नेपाली समयअनुसार दिउँसो ३ बजे शुरू हुनेछ । न्युजिल्यान्डका तीव्र गतिका बलर लकी फर्गुसन खुट्टामा चोटका कारण प्रतियोगिताबाट बाहिरिएका र उनको ठाउँमा काइल जेमिसनलाई टोलीमा बोलाइएको छ । १९ दिनसम्म चल्ने यस प्रतियोगितामा विश्वका उत्कृष्ट आठ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा १५ वटा खेल हुनेछन् । भारतका खेल भने दुबईमा हुनेछ । च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा हुनेछ ।  

प्रजातन्त्र आएको दिनको स्मरणमा आज ७५ औँ प्रजातन्त्र दिवस मनाइँदै

जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्र आएको दिनको स्मरणमा बुधबार ७५ औँ प्रजातन्त्र दिवस मनाइँदैछ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिनेछ। प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ माघमा बलिदानी दिएका थिए। प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी…

४० वर्षको रेकर्ड तोड्दै एकदिवसीय क्रिकेटमा अमेरिकाको कीर्तिमानी जित

 आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकाले कीर्तिमानी जित हासिल गरेको छ । मंगलबार भएको खेलमा अमेरिकाले सबैभन्दा कम योगफल डिफेन्ड गर्दै ‌ओमानलाई हरायो । अमेरिकाले ओमानविरूद्ध १२२ रनको योगफल डिफेन्ड गरेको हो । जवाफी ब्याटिङ गरेको ओमान ६५ रनमै अलआउट भयो । ओमानलाई सस्तैमा समेट्न अमेरिकाका नोसथुस केन्जिगेले ७.२ ओभरमा ११ रन दिएर ५ विकेट लिए । यो एकदिवसीय क्रिकेटमा कुनै पनि ओभर नघटाइकन पूरै ५० ओभरनै खेलिएको खेलमा सबैभन्दा कम योगफल डिफेन्ड भएको कीर्तिमान हो । यसअघि सन् १९८५ मा भारतले पाकिस्तानविरूद्ध रथम्यान्स कपमा १२५ रनको स्कोर डिफेन्ड…

धादिङमा आगलागी नियन्त्रण सम्बन्धी कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न

धादिङमा आगलागी नियन्त्रण सम्बन्धी कृतिम घटना अभ्यास कार्यक्रम गरिएको छ । मंगलबार सशस्त्र प्रहरी बल आश्रित गुल्म धादिङबेसीको आयोजनामा वडा नम्बर ९ सल्लाघारी वनमा आगलागी नियन्त्रण सम्बन्धी कृतिम घटना अभ्यास गरिएको हो । डढेलो नियन्त्रण गर्दा कसरी सुरक्षित अपनाउने भन्ने बारेमा जानकारी गराउने उद्धेश्यले आगलागी नियन्त्रण सम्बन्धी कृतिम घटना अभ्यास गरिएको विष्णु प्रसाद आचार्यले बताउनुभयो । डढेलो नियन्त्रणमा सबैजना एकजुट भएर लाग्नुपर्ने र त्यसको लागि डिभिजन वन कार्यलयले प्राविधिक सहयोग गर्ने पनि आचार्यले बताउनुभयो । यस्तै नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले मानिसहरुले घासको लोभले जानाजान वन जंगलमा आगो लगाउने…

थोपल खोला किनारमा भेटिएको शवको पहिचान खुल्यो

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाह स्थित थोपल खोला किनारमा भेटिएको शवको पहिचान भएको छ । मंगलबार बिहान भेटिएको शव नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्याउलीका ३६ वर्षिय राजकुमार गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो । शवको धादिङ अस्पतालमा पोष्टमार्टम पछि आफन्तले बुझेका छन् । थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो ।

थोपल खोला किनारमा भेटिएको शवको पहिचान

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाह स्थित थोपल खोला किनारमा भेटिएको शवको पहिचान भएको छ । मंगलबार बिहान भेटिएको शव नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्याउलीका ३६ वर्षिय राजकुमार गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो । शवको धादिङ अस्पतालमा पोष्टमार्टम पछि आफन्तले बुझेका छन् । थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो ।