चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको फाइनल खेलमा आज नेपाल र म्यानमार खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ। नेपाललाई घरेलु मैदानमा उपाधि जित्ने अवसर रहेको छ । वरियतामा म्यानमार नेपालभन्दा ४८ स्थान माथि रहेको छ। नेपालको महिला टोलीले म्यानमारसँग अहिलेसम्म ५ खेल खेले पनि जित्न सकेको छैन । म्यानमारले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको थियो ।यो प्रतियोगिताको लिग चरणमा नेपाल र म्यानमारले दुई गोलको बराबरी खेलेका थिए । प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र कीर्गिस्तान सहभागी थिए ।लिगमा म्यानमार विजेता र नेपाल उपविजेता बन्दै…
Category: Featured
महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै
भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । धादिङको शिद्धलेक,पशुपति मन्दिर,गुप्तेश्वरी,गोगनपानीमा रहेको बागबछला महादेव मन्दिर,महेशदोभावनमा रहेको शिव मन्दिर लगायतका मन्दिरहरुमा विशेष मेला लाग्दैछ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको…
धादिङमा ट्यांकर दुर्घटना २ जनाको मृत्यु
धादिङमा पानी बोकेको ट्यांकर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । गए राति धादिङको गुप्तेश्वरमा पानी बोकेको ट्यांकर भिरबाट खस्दा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । धादिङको प्रसिद्ध गुप्तेश्वर महादेवको गुफा नजिकै नीलकण्ठ नगरपालिका वडा नम्बर ६ को भिरबाट बा प्र–०१–००४ क ३३५२ नम्बरको पानी बोकेको ट्यांकर खसेको हो । राति करिब साढे ११ बजे दुर्घटना भएको स्थानीयले बताएका छन् । दुर्घटना भएको खबर पाएसँगै सदरमुकाम धादिङबेंसीबाट गएका सोसल भोलिन्टियरको टोलीले घाइतेहरूको उद्धार गरी जिल्ला सदरमुकाम धादिङबेंसीस्थित धादिङ अस्पतालमा पठाएका थिए भने…
भ्यानको ठक्करबाट एक जना बालकको मृत्यु
नेपालगञ्जमा भ्यानको ठक्करबाट मंगलबार एक जना बालकको मृत्यु भएको छ। सो घटनामा तीन जना घाइते भएका छन्। नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा सडकमा गुडिरहेको भे १ च ३८९५ नम्बरको डेलिभरी भ्यान अनियन्त्रित भएर सञ्जय सिलवालको घरको आँगनभित्र छिर्दा छ वर्षीय बालक दृश्यसिंह बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिम विकले जानकारी दिए। दुर्घटनामा स्थानीय ४३ वर्षीय सिलवाल, छ वर्षीया सृष्टि गौतम र आठ वर्षीय सञ्जीव सिलवाल घाइते भएका छन्। उनीहरू घरबाहिर आँगनमा बसिरहेका थिए। तीनै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको…
धादिङको थाक्रे गाउँपालिका-२ हुलाक डाँडामा ट्रक दुर्घटना, एक घाइते
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२ हुलाक डाँडामा खाद्यान्न बोकेको ट्रक दुर्घटना हुँदा एक जना घाइते भएका छन् । खाद्यान्न बोकेर विरगंजबाट काठमाण्डौ तर्फ आउदैं गरेको मधेश प्रदेश ०३ -००२ ख १८६८ नम्बरको ट्रक दुर्घटना भएको हो । घाईते हुनेमा दोलखा मेलुङ गाउँपालिकाका ४५ वर्षिय रमेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले बताउनुभयो । प्रहरी उपरिक्षक हमालका अनुसार ट्रक सडक भन्दा ३० मिटर तल खसेको छ । श्रेष्ठको महादेववेशीमा रहेको टाईम्स केयर अस्पतालमा उपचार भइरहेको छ ।
बागमती साहित्यिक महोत्सव–२०८१ को तयारी तीव्र
सदरमुकाम धादिङबेसीमा फागुन १६ र १७ गते हुने बागमती साहित्यिक महोत्सव–२०८१ को तयारी तीव्र पारिएको छ । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा हुने साहित्यिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले बताउनु भयो । “साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको सम्बर्धन” भन्ने मूल नारा सहित हुन लागेको बागमती साहित्य महोत्सवले सिंगो प्रदेशको साहित्यिक विकासमा उल्लेख्य योगदान पुग्ने अपेक्षा राखिएको पनि सचिव सुबेदीले बताउनु भयो । महोत्सव तयारीका क्रममा सञ्चालन हुने विभिन्न विधाका समूह छलफल, काव्य सन्ध्या, गजल साँझ र गजल प्रशिक्षणका लागि अतिथिहरुलाई निमन्त्रणा…
सुन जस्तो देखिने धातु सहित एक जना पक्राउ
प्रहरीले सुन जस्तो देखिने धातु सहित एक जनालाई नियन्त्रणमा लिएको छ। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट सुन जस्तो देखिने धातु ३ सय ५४ ग्राम सहित भारत उत्तर प्रदेश गोण्डा बस्ने ३० वर्षीय राकेश कुमारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले बेलहियाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ४४१५ नम्बरको बसमा सवार उनलाई उक्त धातु सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाल र म्यानमारबीचको खेल २-२ को बराबरीमा टुंगियो
इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीचको प्रतिस्पर्धा २-२ को बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमै चार गोल भएतापनि दोस्रो हाफमा दुवै टोलीले कुनै गोल गर्न सकेनन्। खेलको छैटाैं मिनेटमै म्यानमारकी म्याट नोए खिनले फ्रिकिक मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। त्यसको ११ औं मिनेटमै नेपालले बराबरी गोल फर्कायो। सावित्रा भण्डारीको बायाँ विंगबाट आएको पासलाई सविता राना मगरले गोलमा परिणत गर्दै नेपाललाई खेलमा फर्काइन्। १६औं मिनेटमा म्यानमारले पुनः अग्रता लियो। मे लुले चेस्लेले दुई नेपाली डिफेन्डरलाई छक्याउँदै गोल गरिन् र टोलीलाई २-१…
भारत र पाकिस्तान भिड्दै
च्याम्पियन्स् ट्रफि अन्तर्गत आजको खेल समुह ए को भारत र पाकिस्तान बिच हूँदै छ । खेल नेपालि समय अनुसार अपरान्ह २ः४५ बजे दुवईमा हुनेछ । समुह ए को सम्पन्न खेलमा भारत विजयि र पाकिस्तान पराजित भएको थियो । भारत र पाकिस्तान क्रिकेटका पुराना पर्तिद्वन्दि हुन् । भारत र पाकिस्तान बिचको खेललाई विशेष रुपमा हेरिन्छ । यो खेल दुवाई स्थित दुवाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुन लागेको हो । भारत र पाकिस्तान बिचको राजनैतिक किचलोको कारण एक आर्कामा दुस्मनि पुरानो छ । केहि समय अगाडि आई सि सि ले यि दुई राष्ट्र…
अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हरायो
च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै विजयी शुरुवात गरेको छ । समूह ‘बी’ को हिजो भएको खेलमा अस्ट्रेलिया पाँच विकेटले विजयी भयो । पाकिस्तानको लाहोरमा भएको खेलमा तीन सय ५२ रनको लक्ष्य अस्ट्रेलियाले ४७ ओभर तीन बलमा पाँच विकेट गुमाएर भेट्टायो । उसका जोस इंग्लिसले एक सय २० रन जोडे । एलेक्स केरीले ६९ र माथ्यु शर्टले ६३ रन जोडे । इङ्ग्ल्याण्डका आदिल राशिद, मार्क वुड, बायडेन कार्स, लियम लिभिङ्स्टोन र जोफ्रा आर्चरले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर…
