नेकपा नीलकण्ठ नगर कमिटी धादिङद्वारा ३५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

धादिङ, १८-माघ
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नीलकण्ठ नगर कमिटी धादिङले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ का लागि निर्वाचन परिचालन समितिको विस्तारित बैठक सम्पन्न गरेको छ।

आइतबार जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा मनराज भण्डारीको संयोजकत्वमा ३५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको नगर सचिव हरिकृष्ण लम्सालले जानकारी दिनुभयो। उक्त समितिले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी संगठनात्मक तथा प्रचारात्मक गतिविधि सञ्चालन गर्नेछ।

नगरका १४ वटै वडामा निर्वाचन कमाण्डर तोकिएको छ भने आर्थिक, प्रचार–प्रसार, युवा परिचालन तथा सम्पर्क–समन्वय उपसमितिहरू समेत गठन गरिएको छ। नगर कमिटीका अनुसार आगामी माघ २५ गते वडा कमिटी बैठक, माघ २५ देखि २८ गतेसम्म १४ वटै वडामा घरदैलो अभियान, युवा परिचालन लगायतका कार्यक्रमहरू सञ्चालन गरिने कार्यतालिका तय गरिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर–२ बाट तारा चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका रामबहादुर भण्डारीप्रति जनसमर्थन बढ्दै गएको नीलकण्ठ नगरपालिकाका स्थानीयवासीहरूको भनाइ छ। स्थानीय स्तरमा मतदातामा उत्साह र सक्रियता देखिन थालेको जनाइएको छ।

Related posts

Leave a Comment