वृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

धादिङ १५ जेष्ठ गणतन्त्र दिवस मूल समारोह समितिको आयोजना र नेपाल रेडक्रस सोसाइटी धादिङको सहकार्यमा आयोजित वृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ३२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति दुर्लभ तामाङले बताउनु भयो । सभापति तामाङका अनुसार रक्तदान कार्यक्रममा ८ जना महिला र २४ जना पुरुषले स्वेच्छिक रूपमा रक्तदान गरेका हुन् । उहाँले रक्तदानजस्तो महान् मानव सेवा कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

नीलकण्ठ-१२ स्थित पशुपति माध्यमिक विद्यालयमा हस्तलेखन प्रतियोगिता सम्पन्न

धादिङ १५ जेष्ठ १८ औं गणतन्त्र दिवसको अवसरमा नीलकण्ठ–१२ स्थित पशुपति माध्यमिक विद्यालयमा हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका र नगर स्तरीय बाल सञ्जालको संयुक्त आयोजनामा आधारभूत तह (कक्षा १ देखि ५) का विद्यार्थीहरूबीच हस्तलेखन प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगितामा कक्षा १ देखी ३ सम्म अंग्रेजी तर्फ पण्डित चौर आधारभुत विद्यालयका दिल बहादुर तामाङले प्रथम स्थान हासिल गर्न सफल भए भने पञ्चकन्या माध्यमिक विद्यालयका डोल्मा गुरुङ दित्तिय र युकिता गुरुङ तृतिय हुन सफल भए । त्यस्तै कक्षा ४ र ५ काके नेपाली हस्तलेखन प्रतियोगितामा पञ्चकन्या माध्यमिक विद्यालयकी…

सोप्याङ खोला पुल भासियो, सवारी आवागमन ठप्प

पृथ्वी राजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ मा रहेको सोप्याङ खोला माथीको पुलको भाग भासीएपछी दुईतर्फ सवारी अवरुद्ध भएको छ । सोप्याङ खोला पुलको भाग भासीएको प्रहरीले जनाएको छ । 

अखिल नेपाल खेलकुद महासंघ धादिङ शाखाको अध्यक्षमा प्रतापसिंह तामाङ

अखिल नेपाल खेलकुद महासंघ धादिङ शाखाको दोस्रो अधिवेशन प्रतापसिंह तामाङलाई अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको छ। नवगठित समितिमा उपाध्यक्षमा विदुर अर्याल र दीपक तामाङ, सचिवमा ओम लामा, सहसचिवमा पृथ्वी कटुवाल र रोहित श्रेष्ठ निर्वाचित भएका छन्। अधिवेशनमा महासंघका केन्द्रीय महासचिव अञ्जन धमलाको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा माओवादी केन्द्र धादिङका इन्चार्ज पुष्पविक्रम मल्ल, पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल, जिल्ला संयोजक मनराज भण्डारी, तथा महासंघका केन्द्रीय सचिव गोविन्द घिमिरेलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमले स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तार र युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने विषयमा पनि छलफल गरिएको थियो ।

दलित जनप्रतिनिधिहरू समुदायप्रति जिम्मेवार तथा उत्तरदायी हुनुपर्छ : उप–प्रमुख दिपक विश्वकर्मा

धादिङ १० जेष्ठ नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले दलित जनप्रतिनिधिहरूलाई समुदायप्रतिको जिम्मेवार तथा दायित्वलाई सिक्दै बिस्तारै अघि बढ्नुपर्ने बताउनुभयो ।  धादिङको सिरान बजार स्थित सिटी हलमा आयोजित बागमती प्रदेशभित्रका दलित जनप्रतिनिधिहरूको लागि एक दिवसीय अन्तरक्रिया तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै विश्वकर्माले आफूले पाएको जिम्मेवारीलाई इमानदार भएर पुरागर्नु पर्नेमा जोड दिनु भयो ।  जातीय छुवाछुत तथा सामाजिक भेदभाव विरुद्धको ऐन, २०६८ को १४ औँ वार्षिकोत्सवको अवसरमा सम्पन्न भएको बागमती प्रदेशअन्तर्गत रहेका स्थानीय तहका दलित जनप्रतिनिधिहरूको सहभागितामा एक दिवसीय अन्तरक्रिया तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्माको…

ससाहमा बालिकालाई ठक्कर दिई फरार भएका मोटरसाईकल चालक बालाजुबाट पक्राउ

धादिङ बैशाख-५धादिङ को नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा बालिकालाई ठक्कर दिई फरार भएका मोटरसाईकल चालक बालाजुबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर २ नलाङका खेमलाल श्रेष्ठ रहेका छन् । फरार भएका श्रेष्ठलाई काठमाण्डौंको बालाजुबाट बा ७७ प ३३९१ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो । सोमबार बिहान घरबाट स्कुल जाँदै गरेकी ससाह ज्यामिरे निवासी सात वर्षिय दिपिका वि.क मोटरसाईकलको ठक्करबाट सडकमा लडिरहेको अवस्थामा स्थानियले फेला पारेका थिए । घाइते बालिकालाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि…

शिक्षक आन्दोलनले सामुदायिक विद्यालयमा प्रभावित भर्ना तथा पठनपाठन सन्तुलनमा ल्याउन शिक्षकहरूलाई आग्रह

धादिङ वैशाख ३१ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही दिनअघि भएको शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा प्रभावित भर्ना तथा पठनपाठन कार्यक्रमलाई सन्तुलनमा ल्याउन शिक्षकहरूलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासङ्घको आह्वानमा अघिल्लो वर्षको चैत महिनामा काठमाण्डौ केन्द्रित पेशागत आन्दोलन सञ्चालन भएको थियो । आन्दोलनका कारण विद्यार्थीको सिकाइमा परेको असरलाई पूर्ति गर्न विद्यालयको आवश्यकतानुसार हिउँदे वा वर्षे बिदाको अवधिमा पठनपाठन सञ्चालन गर्न मन्त्रालयले अनुरोध गरेको हो । मन्त्रालयका प्रवक्ता एवम् सहसचिव शिवकुमार सापकोटाले जारी गर्नुभएको विज्ञप्तिमा आन्दोलनमा शिक्षक र विद्यालय कर्मचारीको सहभागिता भएका कारण देखिएको विद्यालयको प्रशासनिक चुनौती समाधान गर्न…

आज २५६९औँ बुद्ध जयन्ती देशैभर भव्यताका साथ मनाइँदै

धादिङ बैशाख-२९आज २५६९औँ बुद्ध जयन्ती देशैभर भव्यताका साथ मनाइँदै छ । दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ ।आज लुम्बिनीमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ भने गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई व्यापक सिँगारिएको छ । आज लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति ¥यालीको आयोजना गरिएको छ भने दिवस मनाउन देश तथा विदेशबाट हजारौँ श्रद्धालु भक्तजनहरू लुम्बिनीमा भेला हुने क्रम जारी छ । मूल कार्यक्रमको शुभारम्भ सम्मानमीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने प्रचारप्रसार समितिका ढुण्डीराज भट्टराईले जानकारी दिनुभयो । श्रद्धालुहरुको सुरक्षा व्यवस्थालाई पनि कडा पारिनुका साथै भक्तजनहरूले शान्तिपूर्ण वातावरणमा बुद्ध जयन्ती…

खनियाबास गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन

धादिङ बैशाख-२८धादिङको खनियाबास गाउँपालिकामा नवनिर्मित गाउँपालिका भवनको उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति धादिङको ६० र गाउँपालिकाको ४० प्रतिशत लगानीमा निर्माण सम्पन्न भएको भवनको शनिबार एक भव्य समारोहका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाशमान सिंहले उद्घघाटन गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री सिंहले ग्रामीण तहमा पूर्वाधार विकासमार्फत जनतासँगको सेवा पहुँच सहज बनाउने अभियान अन्तर्गत यो भवन एक महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो । भवनमा प्रशासनिक कार्य सञ्चालनका लागि कार्यालय कक्ष, सभाकक्ष, सूचना कक्ष, र नागरिक सेवाका अन्य आवश्यक सुविधाहरू समेटिएको गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले जानकारी दिनुभयो…

न्यु धादिङ बोर्डिङ स्कुलले बुक फ्रि फ्राईडे मनायो

धादिङ २६ बैशाख न्यु धादिङ बोर्डिङ स्कुलमा बुक फ्रि फ्राईडे सम्पन्न भएको छ । शुक्रबार बुद्ध जयन्तिको अवसरमा बुद्ध जयन्ती सम्बन्धी विभिन्न कार्यक्रम गरेर बुक फ्रि फ्राईडे मनाईएको हो । कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुको सहभागितामा बुद्ध सम्बन्धी कथा वाचन एवम् जिवनी चरित्र चित्रण, गायन, चित्रकला र लेखन जस्ता कार्यक्रम गरिएको थियो । यस्ता कार्यक्रमहरुबाट विद्यार्थी बालबालिकाहरुले असल व्यवहार, धार्मिक मूल्य मान्यता एवम् परम्परा सिक्ने अवसर प्राप्त गरेको कार्यक्रम संयोजक बन्दना घलेले बताउनुभयो ।