बालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा मल्ल पक्राउ

बालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक गोरखा पालुङटार नगरपालिका–६ घर भएका ४५ वर्षीय शम्भुलाल मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।   उक्त गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा शम्भु लालले आर्थिक लाभ लिई बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले सोमबार निजलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त गेष्ट हाउसबाट दुई जना बालिकाको उद्दार गरी सुरक्षित आवासका लागि सेल्टरहोममा पठाएको प्रहरीले जनाएको छ ।   मल्लमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन…

धादिङका ५ हजार ४७५ विद्यार्थीले एसईई दिँदै

भोली ७ गते बाट धादिङमा २४ वटा परीक्षा केन्द्रबाट १६२ विद्यालयका ५ हजार ४७५ विद्यार्थीहरूले यस वर्षको एसईई परीक्षा दिँदै छन् । ती मध्ये १३४ सामुदायिक विद्यालय, १८ संस्थागत विद्यालय, ८ प्राविधिक विद्यालय, र २ खुला विद्यालय रहेका छन् । परीक्षामा सामुदायिक विद्यालयबाट ५ हजार ९४ विद्यार्थी तथा संस्थागत विद्यालयबाट ३ सय ८१ विद्यार्थी सहभागी हुने छन् । जसमध्ये सक्सेस एकेडेमीमा अध्ययनरत एक दृष्टिविहीन विद्यार्थीले पनि परिक्षा दिदैछन् । उनलाइ अन्य विद्यार्थीहरू भन्दा अलग राखी विशेष व्यवस्था सहित अतिरिक्त समय प्रदान गरिने व्यवस्था मिलाएको शिक्षा विकास तथा समन्वय इकाइ धादिङका…

विद्यार्थीहरूबिच कुटाकुट

पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरूबिच कुटाकुट भएको छ । फर्जी मत खसेको भन्दै एमालेनिकट अनेरास्ववियुले मतदान रोकेपछि झडप भएको हो । नेविसंघ र अनेरास्ववियुका नेताबीच कुटाकुट हुँदा केही घाइते समेत भएका छन् । फर्जी मत खेसेको भन्दै विवाद भएको थियो। विवाद समाधान गर्न सर्वपक्षीय बैठक बसिरहेका बेला बाहिर नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबिच कुटाकुट भएको हो ।

४.३ म्याग्निच्युडको भूकम्प गयो

आज बिहान अछाममा भूकम्प गएको छ। बिहान ६:३० बजेको समयमा अछामको बाटुलासेन केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। केन्द्रका अनुसार भूकम्प ४.३ म्याग्निच्युडको गएको हो । भूकम्पले अछामका साथै आसपासका जिल्लामा पनि धक्का महसुस भएको थियो।

नेपाल पत्रकार महासंघ, धादिङ शाखाको सूचना अधिकारीमा सन्तोषराज श्रेष्ठ

धादिङ नेपाल पत्रकार महासंघ धादिङको लैंगिक फोकल पर्सन र सूचना अधिकारी तोकिएको छ । महासंघको सोमबार बसेको बैठकले पत्रकारको हक हित, तथा सुरक्षा, प्रेस स्वतन्त्रता लोकतन्त्रको पुर्ण उपभोगको आव्हान गर्दै विभिन्न निर्णय सहित लैंगिक फोकल पर्सन र सूचना अधिकारी तोकेको हो । बैठकले महासंघ, धादिङ शाखाको सूचना अधिकारीमा सन्तोषराज श्रेष्ठ, गुनासो सुन्ने अधिकारीमा बद्री अधिकारी र लैंगिक सम्पर्क व्यक्ति (फोकल पर्सन) अस्मिता पोखरेललाई तोकेको नेपाल पत्रकार महासंघका सूचना अधिकारी सन्तोषराज श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै नेपाल पत्रकार महासंघको जिन्सि अभिलेख दुरुस्त नदेखिएकोले जिन्सि अभिलेख गर्नका लागि अनिल नेपालीलाई जिम्मेवारी दिईएको…

थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक

नेपाल प्रहरीको ३१ औं महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।   थापा १९ भदौ २०५२ मा इन्सपेक्टरबाट प्रहरीमा भर्ना भएका थिए। आगामी १८ भदौसम्म उनी प्रहरी नेतृत्वमा हुनेछन् ।  एआइजीहरु सुदीप गिरी र टेकबहादुर तामाङपनि आइजिपीको प्रतिस्पर्धामा थिए ।  प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले ३० वर्षे सेवाहदका कारण अवकाश पाएपछि रिक्त भएको पदमा थापा नियुक्त भएका हुन्। 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सहित उच्च अधिकृतहरू आज एकसाथ अवकाशमा जाँदै

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सहित नौ उच्च अधिकृतहरू आज एकसाथ अवकाशमा जाँदैछन् ।  प्रहरी महानिरीक्षक कुँवरसँगै अतिरिक्त महानिरीक्षक ‘एआईजी’ हरू टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह र जनक भट्टराई पनि अवकाशमा जान लागेका हुन । त्यस्तै प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’हरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउतले पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन ।  प्रहरी प्रमुख विदामा जान लागेपनि सरकारले आगामी महानिरीक्षकको टुंगो लगाएको छैन । एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ महानिरीक्षकको प्रतिस्पर्धामा रहेका छन ।  सरकारले आज बस्ने मन्त्रिपरिषद्बाट प्रहरी महानिरीक्षकमा बढुवा…

आगलागीबाट चार लाख मूल्य बराबरको क्षति

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ३ साउनेपानीमा गएराति भएको आगलागीबाट चार लाख मूल्य बराबरको क्षति भएको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी रबि रावलका अनुसार स्थानीय प्रेमप्रसाद निरौलाको भान्छा घरमा आगलागी भएको हो। आगलागीको कारण खुलेको छैन। आगलागीबाट भाडा वर्तन र लत्ता कपडासहित नस्ट भएका छन् भने केही पशु चौपाया समेत मरेका छन्।

गलौदी खेलमैदानमा “तेस्रो धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव-२०८१” हुने

गजुरी गाउँपालिका-५, गलौदी खेलमैदानमा “तेस्रो धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव-२०८१” हुने भएको छ। यहि चैत १४ गते देखि २४ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव जिल्ला होटल संघ धादिङको आयोजनामा हुने छ भने महोत्सवको संरक्षक गजुरी गाउँपालिकाको कार्यालय रहनेछ। गजुरी गाउँपालिका भित्रका विभिन्न संघसंस्था,आमा समुह, युवा क्लब, लगायतको उपस्थितमा झाकी र्याली सहित कार्यक्रम उद्घाटन गरिने कार्यक्रमका ब्यबस्थापक भरत बराकोटीले जानकारी दिनुभयो । महोत्सवमा रैथाने खानाका परिकारहरू, कृषि उत्पादन, घरेलु तथा हस्तकला प्रवर्द्धनका गतिविधिहरू, मनोरञ्जन पार्क, सस्तो बजार र खाना पकाउने प्रतियोगिता प्रमुख आकर्षण हुनेछन् । साथै,परम्परागत बाजा प्रदर्शन…

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक उडान गर्दै चिन

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ। सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो। यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने नेपाल पर्यटन बोर्डको विश्वास छ। “पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचका साथै चिनियाँ पर्यटकलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्नेछ”, बोर्डले आज जारी…