आजको नेपाली समाजलाई नजिकबाट हेर्दा एउटा गहिरो चिन्ता देखिएको छ । प्रविधि र सूचनाको पहुँच बढे पनि सोच्ने, विश्लेषण गर्ने र सही–गलत छुट्टाउने विवेक भने झन् झन् कमजोर बन्दै गएको अनुभूति धेरैले गर्न थालेका छन् । सामाजिक व्यवहार, राजनीतिक प्रतिक्रिया र अनलाइन गतिविधिहरूले यो अवस्थालाई झन् स्पष्ट पारिरहेको छ । सामाजिक सञ्जाल अहिले विचार व्यक्त गर्ने मुख्य माध्यम बनेको छ । तर यिनै माध्यममा तथ्य नजाँचीकन समाचार र टिप्पणीहरू सेयर हुने क्रम बढ्दो छ । भीडले भनेको कुरा नै सही ठान्ने, भावनामा बगेर प्रतिक्रिया दिने र असहमतिको स्वरलाई गालीगलौजले दबाउने…
Category: विचार
विचार
बालेन शाहः पतन भएको फरिश्ता कि चेतना फैलाउने “प्रकाश”
डा. निकोलस भुसालले काठमाडौँका मेयर बालेन शाहलाई “लुसिफर” भनेपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा यो प्रश्न अल्झिएको छ । बाइबलको अनुसार लुसिफर पतन भएको फरिश्ता हो, तर लाटिनमा यसको अर्थ फेरि “प्रकाश ल्याउने” पनि हुन्छ । डा। भुसालका अनुसार, बालेन सहर व्यवस्थापनमा कठोर, नियम तोड्ने र परम्परागत राजनीतिक प्रणालीसँग जुध्ने शैलीका पात्र हुन् — उनी “पतन भएको फरिश्ता” जस्तो देखिन्छन् । तर समर्थकहरू भने बालेन भ्रष्ट राजनीतिक अन्धकार तोड्ने, सत्य बोल्ने र जनचेतना फैलाउने “प्रकाश” हुन् भनेर विश्वास गर्छन् । यो टिप्पणी केवल व्यक्तिगत आलोचना मात्र होइनस यो नेपालको नयाँ…
जेन्जीको आन्दोलन र शून्य उपलब्धि
नेपालको राजनीतिक तथा सामाजिक परिदृश्यमा पछिल्लो समय जेन्जी पुस्ताले गरेको आन्दोलन विशेष चासोको विषय बनेको छ। निराशा, असन्तोष र भविष्यप्रतिको आशङ्का बोकेर सडकमा उत्रिएका युवा पुस्ताले आफ्ना मागहरू बलिदानी सहित पेस गरे पनि परिणाम भने खासै प्राप्त भएको देखिँदैन। युवाहरूको आन्दोलनको पृष्ठभूमि हेर्दा, उनीहरूले रोजगारीको कमी, भ्रष्टाचार, शिक्षा तथा स्वास्थ्य सेवामा असमानता, र राज्यप्रतिको सर्वसाधारणको विश्वास सङ्कटलाई मुख्य मुद्दा बनाए। प्रधानमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनमा होमिएको जेन्जीको माग थियो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसद् मन्त्री बन्न नपाउने नियमको व्यवस्था । तर यी माग अब सायद पुरा नहुने पक्का भएको…
महानबलिदानीको उच्च सम्मान आत्मआलोचना रुपान्तरण इमान्दारीता साथ नयाँ यात्राको संकल्प गरौं
महान जनयुद्धका जनप्रीय नेता मुकुन्द सेन राजभण्डारी क.सन्देशको स्मृति दिवस२०५९ भाद्र २९ गते आज कै दिन जनयुद्धका संकटकालिन भिषण निरंकुशता र दमनका बिरुद्ध युद्ध मैदान लड्दै गर्दा पार्टीको बैठकमा जाने क्रममा तत्कालीन साहि सेनाले घेरा हाली समातेर तपाईंको हत्या भएको दिन , एक जना जनताको रक्षक सेवक गुमेको दिन । साबीक सुनौलाबजार, खाल्टे, कल्लेरी, कुम्पुर लगायत धादिङवासी जनताको सेवक भइ नेतृत्व गर्दै जनयुद्धमा लाग्नु भएका एउटा विद्रोही नेता गुमाएको दिन हो । तपाईं प्रति उच्च सम्मान सहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । देशको यस विषम परिस्थितिमा आज तपाईँहरु जस्तै हजारौं…
सरकार कुन नैतिकताले अझै कुर्सिमा ?
धादिङ,२३–भदौ देशभरको राजनीतिक र सामाजिक अवस्था हेर्दा यो प्रश्न स्वाभाविक रूपमा उठ्छ—सरकार कुन नैतिकताले अझै पनि सत्तामा बसिरहेको छ ? जनताको जीवन सहज बनाउनुपर्ने, स्थिरता र सुरक्षाको ग्यारेन्टी दिनुपर्ने जिम्मेवारी बोकेको सरकारले उल्टै जनताकै जीवन संकटमा पार्ने अवस्था सिर्जना गरेको छ। आज देशभर जेन जी आन्दोलनको आगो भडकिरहेको छ। आन्दोलन शान्तिपूर्ण हुनुपर्ने हो तर असन्तुष्ट जनताले सडक तताउँदा सरकारले अपनाएको कठोर कदम र बल प्रयोगका कारण २० जनाले ज्यान गुमाइसकेका छन्। यस्तो बेला जनताको पीडा बुझ्ने, वार्ता र संवादमार्फत समस्या समाधान गर्नुको सट्टा सत्ता टिकाइराख्ने खेल चलिरहेको देखिन्छ। नैतिकताको कुरा…
एसईई परिक्षा पछि अबको बाटो कता ?
नेपालमा माध्यमिक शिक्षा (एसइई) परीक्षा एउटा अत्यन्तै महत्त्वपूर्ण मोड हो। यो परीक्षा केवल कक्षा १० को अन्त्य मात्र होइन, भविष्यको शैक्षिक यात्रा सुरु गर्ने प्रवेशद्वार हो। परीक्षा सकेर नतिजा हात परेपछि धेरै विद्यार्थी र अभिभावकको मनमा एउटै प्रश्न उठ्छ – अब के गर्ने एसइईपछि विद्यार्थीले रोज्न सक्ने मुख्य बाटाहरू र सही निर्णय कसरी गर्ने छलफल गरौँ । सामान्य माध्यमिक शिक्षा को विकल्पएसइईपछि अधिकांश विद्यार्थीले प्लस टु मा अध्ययन अगाडि बढाउने गर्छन्। यस अन्तर्गत विभिन्न बाटाहरू छन् । विज्ञानडाक्टर, इन्जिनियर, फार्मासिस्ट, वैज्ञानिक बन्न चाहने बिद्यार्थिहरुले विज्ञान विषय रोज्न सक्दछन् । मुख्य…
सूचना प्रविधिले नेपालको अर्थतन्त्र विकासमा पार्न सक्ने प्रभाव: सम्भावना र सरकारको दृष्टिकोण
नेपालको अर्थतन्त्र ऐतिहासिक रूपमा कृषि, पर्यटन र विदेशी रोजगारीमा निर्भर रहेको छ। युवा जनशक्ति, प्राकृतिक सम्पदा र सांस्कृतिक विविधताको धनी भए पनि व्यवस्थापनकोअभाव, उत्पादनशीलतामा कमी र बेरोजगारीको उच्च दरले गर्दा देशले सन्तुलित आर्थिक वृद्धि हासिल गर्न सकेको छैन। यस अवस्थामा, सूचना प्रविधि (IT) ले नेपालको आर्थिक परिवर्तनको नयाँ युग सुरु गर्न सक्ने सम्भावना देखिन्छ। विश्वव्यापी रूपमा डिजिटल अर्थतन्त्रको प्रभाव बढ्दै गएको बेलामा नेपालले आफ्नो युवा शक्ति, सस्तो र गुणस्तरीय मानव श्रम, र प्रविधिमा रहेको रुचिलाई पूँजी बनाउन सक्छ। यसै सन्दर्भमा, नेपाली कांग्रेसका नेता गगन थापाले हालै किर्तिपुरमा गरेको एक चुनावी…
जनयुद्ध दिवसका नाममा बिदा नदिन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले जनयुद्ध दिवसका नाममा बिदा नदिन अर्को आदेश दिएको छ । माओवादीले जितेका विभिन्न पालिकामा जनयुद्ध दिवस भन्दै सार्वजनिक बिदा दिन थालेपछि सर्वोच्चले यस्तो आदेश दिएको हो । गएको माघ २८ मा रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाले ‘जनयुद्ध दिवस’ का लागि भनेर फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि त्यसविरुद्ध स्थानीय चन्द्रशेखर केसीले माघ २९ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । त्यस रिटमा हिजो सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको…
