धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर -९मा एक वृद्धमाथि खुकुरी प्रहार भएको छ । धादिङको नीलकण्ठ नगरपालिका–९ नियालपानीका ८८ वर्षीय जगनाथ लम्सालमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले बताउनुभयो । जगनाथ लम्साल माथि सोही ठाउँ बस्ने करिब ६२ वर्षीय बाबुकाजी लम्सालले खुकुरी प्रहार गरेको प्रहरी निरीक्षक सिलवालले जानकारी दिनुभयो । अनुहारमा चोट लागेका लम्साललाई उपचारका लागि जिल्ला अस्पताल धादिङबेंसी लगिएको थियो । तर अवस्था गम्भीर बनेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको छ । खुकुरी प्रहार गर्ने व्यक्ति बाबुकाजीलाई नियन्त्रणमा लिएर घटनाबारे…
Category: समाज
समाज
टिआरसी प्रक्रिया सकारात्मक – माओवादी केन्द्र
नेकपा (माओवादी केन्द्र) ले टिआरसीसम्बन्धी प्रक्रिया सकारात्मक ढंगले अघि बढिरहेको पाएको बताएको छ। सिंहदरबारमा प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै माओवादी उपमहासचिव वर्षमान पुनले यस्तो प्रतिक्रिया दिनुभएको हो । छलफलमा प्रचण्ड र ओलीसँगै पुन र प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल सहभागी हुनुहुन्थ्यो । ‘यो प्रक्रिया सकारात्मक रूपले अघि बढिरहेको हामीले पायौँ। खासगरी यो कहाँ पुग्यो, के भइराखेको छ भन्ने विषयमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई जानकारी गराउनुभयो,’ पुनले भन्नुभयो ।
रास्वपा खोटेहाङका सभापति माओवादी केन्द्रमा प्रवेश
रास्वपा खोटेहाङका सभापति प्रदीप आचार्यसहितका नेताहरु बिहीबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी खोटेहाङका अध्यक्ष दीपेन थुलुङका अनुसार खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा एमालेबाट निर्वाचित वडा सदस्य किरण राईलगायत ३० जना पनि माओवादीमा समाहित भएका छन् । प्रदीप आचार्य पनि एमालेबाटै खोटेहाङ गाउँपालिका–४ वडकादियालेका वडा सदस्यमा निर्वाचित भएका थिए । केही महिनाअघि मात्र रास्वपा सभापति भएका थिए । त्यस्तै एमाले खोटेहाङ सचिवालय सदस्य प्रकाश कटुवाल, रास्वपा बडकादियाले सभापति रमेश सुवेदी, एमाले वडा उपाध्यक्ष डम्बरबहादुर कार्की लगायत माओवादीमा समाहित भएको थुलुङले बताउनु भएको छ । कार्यक्रममा माओवादी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज…
सुनौला भैरवी आमा समूहको भवन उद्घाटन
धादिङ १९ बैशाख धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ६ मा आमा समूहको भवन उद्घाटन गरिएको छ । शुक्रबार वडाको मौरी डाँडामा रहेको सुनौला भैरवी आमा समूहको भवन उद्घाटन गर्नुका साथै पोसाक, परिचयपत्र वितरण र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरूलाई सम्मान गरिएको हो । उक्त आमा समूहको अध्यक्ष तारा बसेल नेपालीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो भने वडा नम्बर ६ का वडा अध्यक्ष भूपेन्द्र कुमार श्रेष्ठ, कार्यपालिका सदस्य एवम् आर्थिक समिति संयोजक लक्ष्मण रम्तेल र समाजसेवी भेषराज ठकुरी लगायतको उपस्थिति रहेको…
केआईआईटी मा अर्की एक नेपाली विद्यार्थी मृत फेला
धादिङ, वैशाख–१९ भारतको उडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अर्की एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन् । विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रिशा साह मृत फेला परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार प्रिशाको शव छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको हो । भारतको सबैभन्दा ठूलो विद्यार्थी सङ्गठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले केआईआईटीमा नेपाली विद्यार्थी मृत भेटिएको घटनालाई अत्यन्त पीडादायी भनेको छ । एबीभीपीले विज्ञप्ति निकारले केआईआईटी मा पुनः एकपटक नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु घिनलाग्दो र लज्जास्पद भएको जनाएको छ । यसअघि…
न्यू किवो वोर्डिङ स्कुलमा अक्षय तृतीयाको अवसर पारेर विद्यालयमा रचनात्मक क्रियाकलाप सञ्चालन
न्यू किवो वोर्डिङ स्कुलले अक्षय तृतीयाको अवसर पारेर विद्यालयमा रचनात्मक क्रियाकलाप सञ्चालन गरेको छ । बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि नेपाली संस्कृती तथा परम्परालाई जगेर्ना गर्ने उद्धेश्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सातु र खुदो खुवाउदै अक्षय तृतीया पर्व मनाएको हो । अतिरिक्त क्रियाकलाप संयोजक अनुपट्टका अनुसार बुधबार प्रि प्राईमरी तह कक्षा १ र २ मा अध्ययनरत सम्पुर्ण बालबालिकाहरुलाई सातु र खुदो खान दिएर यस दिनलाई विशेष दिनको रुपमा मनाएको जानकारी दिनुभयो । यसका साथै भोली बैशाख १८ गते अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा विद्यालयमा विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरु बिच जुनियर फुटवल…
नेपाल शिक्षक महासंघका प्रतिनिधि मण्डल र सरकारबीच सिंहदरबारमा वार्ता जारी
धादिङ, वैशाख– १७ नेपाल शिक्षक महासंघका प्रतिनिधि मण्डल र सरकारबीच सिंहदरबारमा वार्ता जारी छ । वार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भइरहेको हो । महासंघले अघि सारेको ९ बुँदे प्रस्तावमा सहमति जुटाउने प्रयासस्वरूप छलफल भइरहेकाले आजै सहमति हुन सक्ने सम्भावना रहेको जनाइएको छ । शिक्षक महासंघका नेताहरूका अनुसार हिजो रातिको वार्ता सकारात्मक भएको थियो र त्यसैलाई आधार बनाएर आजको वार्तामा निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।
प्रचण्ड पार्टीको मधेश जागरण अभियानका क्रममा कञ्चनपुरमा
धादिङ, वैशाख– १७ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको मधेश जागरण अभियानका क्रममा कञ्चनपुर पुग्नुभएको छ । त्यसक्रममा उहाँले जिल्लाको पुनर्वास नगरपालिका–५ स्थित शोभा ताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट गर्नूभएको छ । कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको क्रममा अमूल्य बलिदान दिने ३८ जना सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको परिवारप्रति सम्मान व्यक्त गर्नुभयो। भेटघाट कार्यक्रममा सहिद परिवारका सदस्यहरूसँग आत्मीय संवाद गर्दै उहाँले जनयुद्धको योगदान र सहिदहरूको बलिदानलाई संस्थागत रूपमा स्मरण गर्नुका साथै सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता पनि दोहोर्याउनु भयो । त्यसअघि आजै बिहान पुनर्वासमा जनयुद्धका…
नाउपाका संरक्षक रेशम चौधरी पक्राउ
धादिङ, वैशाख– १७ नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ पर्नु भएको छ । जनमत पार्टीसँग एकता घोषणा गर्न लागिएको कार्यक्रम स्थलबाटै उहाँलाई प्रहरीले पक्राउ गरेको नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जानकारि दिनुभयो। चौधरी पाक्राउ पर्नुको स्पष्ट कारण खुलेको छैन। तर जनमत अध्यक्ष डा. सिके राउतका अनुसार उहाँलाई पुरानो फैसला कार्यान्वयनका लागि भन्दै प्रहरीले पक्राउ गरेकोहो। टिकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ मा रिहा हुनुभएको थियो। राउतले डिल्ली बजार जेल पठाएको खबरसमेत प्राप्त भएको सामाजिक संजालमार्फत उल्लेख गर्नुभएको छ। आज नै राउत नेतृत्वको…
चुरोटको मूल्य तिन गुणा बढाऔं— स्वास्थ्य मन्त्री पौडेल
धादिङ, वैशाख—१६स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रतिखिल्ली १० रुपैयाँ पर्ने चुरोटको मूल्य ३० रुपैयाँ पुर्याउन प्रस्ताव गर्नुभएको छ । साथै प्रति बोतल एक हजार रुपैयाँ मूल्य रहेको रक्सीलाई तीन हजार पुर्याउन पनि उहाँले प्रस्ताव गर्नूभएको छ। नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल मध्यपुर थिमीको सोमबार भक्तपुरमा भएको १७औं स्थापना दिवस समारोह तथा ब्लड बैंक शुभारम्भ गर्दै मन्त्री पौडेलले यसरी प्राप्त भएको रकममध्ये केहीलाई स्वास्थ्य बिमामा पठाउन सकिने बताउनुभयो । यसो भयो भने मात्रै स्वास्थ्य बिमाले जीवन्तता पाउने नत्र स्वास्थ्य बिमा नै खारेज गर्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाई छ । उहाँले स्वास्थ्य…
