अखिल क्रान्तिकारीको तर्फबाट सभापतिको उम्मेदवार इस्वरी प्रसाद आचार्य

 आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि अखिल क्रान्तिकारीको तर्फबाट सभापतिको उम्मेदवारको रूपमा इस्वरी प्रसाद आचार्यले आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ। आज एक कार्यक्रमका बीच नीलकण्ठ ३ धादिङ बेसि स्थित नीलकण्ठ बहुमुखी क्याम्पसको परिसरमा आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गर्दै उहाँले औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्नुभएको हो।

उम्मेदवारी घोषणासँगै आचार्यले क्याम्पसमा शैक्षिक सुधार, पारदर्शिता, र विद्यार्थीको हकहितको सुनिश्चितता आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुभयो। उहाँका अनुसार बेथिति, भ्रष्टाचार, र राजनीतिक हस्तक्षेप हटाएर क्याम्पसमा गुणस्तरीय शिक्षा र विद्यार्थीमैत्री वातावरण निर्माण गर्ने आफ्नो लक्ष्य छ।

कार्यक्रममा उपस्थित विद्यार्थीहरू, क्रान्तिकारी विद्यार्थी नेता तथा समर्थकहरूले इस्वरी आचार्यको उम्मेदवारीलाई सकारात्मक रूपमा स्वागत गरेका थिए। विद्यार्थीहरूको माग सम्बोधन गर्दै आचार्यले शुल्क वृद्धिको विरोध, पुस्तकालय तथा प्रयोगशाला सुधार, छात्रवृत्तिको प्रभावकारी वितरण, र अतिरिक्त क्रियाकलापहरूमा वृद्धि गर्ने प्रतिबद्धता जनाउनुभयो।

स्ववियु निर्वाचन नजिकिँदै गर्दा क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरूबीच प्रतिस्पर्धा तीव्र हुँदै गएको छ। अखिल क्रान्तिकारीका उम्मेदवार इस्वरी आचार्यले आफूलाई विद्यार्थीहरूको हकहितको सशक्त प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै सबैलाई समर्थन गर्न आग्रह गर्नुभएको छ।

Related posts

Leave a Comment