खानेपानी मन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्दा बबरमहलमा खानेपानीको पाइप फुटेको बताउनु भएको छ ।
बुधबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री यादवले नेपाल विद्युत् प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको बताउनु भएको हो ।
‘आज दिउँसो नेपाल विद्युत् प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा काठमाडौंको बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको छ,’ उनले लेखेका छन्, ‘म कार्यक्रमको लागि पोखरामा थिए । पाइप फुटेर बबरमहल क्षेत्रमा जलमग्न अवस्था सिर्जना भएको खबर पाउनासाथ तत्काल काठमाडौं आइ अहिले पाइप फुटेर पानी बगिरहेको ठाउँ बबरमहलमा आएको छु ।’
सो क्षेत्रमा अहिले करिब ५० प्रतिशत पानी घटिसकेको पनि उनले बताएका छन्। उनले लेखेका छन्, ‘अहिले करिब ५० प्रतिशत पानी घटिसकेको छ । पानी जमेर त्यहाँ रहेका सवारीसाधनहरू डुबानमा परेको तथा आवतजावतमा समस्या उत्पन्न भएको खबर प्राप्त हुनासाथ, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लाई भल्भ बन्द गर्न तथा वास९आउट खोल्न निर्देशन दिएको छु।’
