धादिङ। नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको ११ औँ जिल्ला अधिवेशन शनिबार धादिङबेसि मा सम्पन्न भएको छ । भेलाले अर्जुनकुमार श्रेष्ठ को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।
नवगठित कार्यसमितिको नामावली
अध्यक्षः अर्जुन कुमार श्रेष्ठ
उपाध्यक्षः रेख बहादुर गुरुङ
उपाध्यक्ष(महिला): सुशीला अर्याल
सचिवः अनिल कुमार नेपाली
कोषाध्यक्षः उपेन्द्र अधिकारी
सहसचिवः बिरमान तामाङ
सहसचिवः बिनोद तमु
सदस्यहरुः सुदिप अधिकारी ,रिता कुमारी सारु , अशोक श्रेष्ठ, शर्मिला शाक्य
त्यस्तै, केन्द्रीय प्रतिनिधिका रूपमा तारा रिजाल, नानु कार्की, केशव अधिकारी र श्रीहजुर सिलवाल चयन भएका छन् । प्रदेश प्रतिनिधिमा रिताकुमारी (चिनो) सारु, लक्ष्मी भुजेल, सुदिप अधिकारी र बिरमान तामाङ चयन भएका छन् ।
