स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु

काठमाडौं । बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ । महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् । मृतकमध्ये तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्तर्णी देवी र बालकृष्ण झाको पहिचान खुलेको छ । घाइतेहरूमध्ये मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको…

प्रेस चौतारी धादिङ को अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ

धादिङ। नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको ११ औँ जिल्ला अधिवेशन शनिबार धादिङबेसि मा सम्पन्न भएको छ । भेलाले अर्जुनकुमार श्रेष्ठ को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। नवगठित कार्यसमितिको नामावलीअध्यक्षः अर्जुन कुमार श्रेष्ठउपाध्यक्षः रेख बहादुर गुरुङउपाध्यक्ष(महिला): सुशीला अर्यालसचिवः अनिल कुमार नेपालीकोषाध्यक्षः उपेन्द्र अधिकारीसहसचिवः बिरमान तामाङसहसचिवः बिनोद तमुसदस्यहरुः सुदिप अधिकारी ,रिता कुमारी सारु , अशोक श्रेष्ठ, शर्मिला शाक्य त्यस्तै, केन्द्रीय प्रतिनिधिका रूपमा तारा रिजाल, नानु कार्की, केशव अधिकारी र श्रीहजुर सिलवाल चयन भएका छन् । प्रदेश प्रतिनिधिमा रिताकुमारी (चिनो) सारु, लक्ष्मी भुजेल, सुदिप अधिकारी र…

आईतबार हुने ‘टाइगर कप’ भलिबलको फाइनलमा गण्डकी नेपाल पुलिस सँग खेल्दै

काठमाण्डाै – त्रिभुवन आर्मी क्लबलाई हराउँदै गण्डकी प्रदेश टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल क्लब च्याम्पियनशिपको पुरुषतर्फ फाइनलमा पुगेको छ । पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको दोस्रो क्वालिफायरमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा हरायाे । गण्डकीले पहिलो सेट २५–१६, तेस्रो सेट २५–१५ र चौथो सेट २५–१९ ले जित्यो । आर्मीले दोस्रो सेट २५–२२ ले जित्यो । अब गण्डकीले उपाधिका लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ । फाइनल खेल भोलि आइतवार हुनेछ ।

भारतको कुल गार्हस्थ्य उत्पादन (जी.डी.पी.) बढ्ने अनुमान !

भारतको कुल गार्हस्थ्य उत्पादन (जी.डी.पी.) आर्थिक वर्ष सन् २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को अवधिमा ६.३–६.८ प्रतिशतको दायरामा बढ्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण अनुसार आर्थिक वर्ष सन् २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) मा देशको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जी.डी.पी.) र कुल मूल्य अभिवृद्धि (जी.भी.ए.) वृद्धि राष्ट्रिय आयको पहिलो अग्रिम अनुमान अनुसार ६.४ प्रतिशत रहकोे अनुमान गरिएको छ । अर्थ मन्त्री निर्मला सीतारमणले शुक्रबार संसदमा आर्थिक सर्वेक्षण पेश गरेकी थिइन् । सर्वेक्षण गत आर्थिक वर्षको अर्थतन्त्रको अवस्थाको विवरण दिने प्रि–बजेट दस्तावेज हो ।  अर्थ मन्त्रीले शनिबार सङ्घीय…

कांग्रेस सभापति अच्युत कलौनी मृत फेला

काठमाण्डौ – कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत फेला पर्नुभएको छ । उहाँ भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोक नजिकै बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीका अनुसार ४३ वर्षीय कलौनीलाई बिहान पौने ८ बजे सडकमै मृत अवस्थामा फेला पारिएको हो । प्रारम्भिक अवस्थामा बाहिरी शरीरमा कुनै चोट नदेखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम रिपोर्टपछि विस्तृत विवरण आउने डीएसपी जोशीले बताउनुभएको छ ।

पेट्रोलियम पदार्थको भाउ बढ्यो, एलपी ग्याँसको भने यथावत्

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको भाउ बढाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरको दुई रुपैयाँ, डिजेल र मट्टीतेलको चार रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ लिटरको छ रुपैयाँ र बाह्यतर्फ काठमाण्डौको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६४ रूपैयाँ…