खनियाबास गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन


धादिङ बैशाख-२८
धादिङको खनियाबास गाउँपालिकामा नवनिर्मित गाउँपालिका भवनको उद्घाटन गरिएको छ ।

जिल्ला समन्वय समिति धादिङको ६० र गाउँपालिकाको ४० प्रतिशत लगानीमा निर्माण सम्पन्न भएको भवनको शनिबार एक भव्य समारोहका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाशमान सिंहले उद्घघाटन गर्नु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री सिंहले ग्रामीण तहमा पूर्वाधार विकासमार्फत जनतासँगको सेवा पहुँच सहज बनाउने अभियान अन्तर्गत यो भवन एक महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो ।

भवनमा प्रशासनिक कार्य सञ्चालनका लागि कार्यालय कक्ष, सभाकक्ष, सूचना कक्ष, र नागरिक सेवाका अन्य आवश्यक सुविधाहरू समेटिएको गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले जानकारी दिनुभयो ।

भवन उद्घाटन कार्यक्रममा पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका नेता दिलमान पाख्रिन, प्रदेशसभा सदस्यहरू डम्वर बहादुर तामाङ, शिवराज अधिकारी, विभिन्न गाउँपालिकाका अध्यक्षहरु, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Related posts

Leave a Comment