धादिङ बैशाख-२८धादिङको खनियाबास गाउँपालिकामा नवनिर्मित गाउँपालिका भवनको उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति धादिङको ६० र गाउँपालिकाको ४० प्रतिशत लगानीमा निर्माण सम्पन्न भएको भवनको शनिबार एक भव्य समारोहका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाशमान सिंहले उद्घघाटन गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री सिंहले ग्रामीण तहमा पूर्वाधार विकासमार्फत जनतासँगको सेवा पहुँच सहज बनाउने अभियान अन्तर्गत यो भवन एक महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो । भवनमा प्रशासनिक कार्य सञ्चालनका लागि कार्यालय कक्ष, सभाकक्ष, सूचना कक्ष, र नागरिक सेवाका अन्य आवश्यक सुविधाहरू समेटिएको गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले जानकारी दिनुभयो…
