धादिङ चैत्र-२७
नीलकण्ठ नगरपालिका वडा नम्बर ४ र ७ मा दलित सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठ, वडा नम्बर ७ का कार्यवाहक वडा अध्यक्ष युवराज पोखरेल वडा नम्बर ९ को वडा अध्यक्ष राजन बराईली र सामाजिक बिकास समिती संयोजक एवम् वडा नम्बर ६ को महिला वडा सदस्य मञ्जु मगर लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि विश्वकर्माले दलितले आफ्नो अधिकार र कानुनमा लेखिएको कुराको जानकारी लिनुपर्ने र आफू पनि आर्थिक रुपमा सबल र सक्षम हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दलितहरुको न्यायका लागि समाजमा हुने विभेदको अन्त्यका लागि सबै जना एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
यो कार्यक्रम यस अघि नीलकण्ठ नगरपालिका वडा नम्बर ६ मा सम्पन्न भईसकेको छ ।
