काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धन्यवाद दिनुभएको छ ।
उहाँले कसैले फोहोर गर्छन् र जरिबाना तिराउँला भनेर महानगर नबसेको भन्दै मेयर शाहले धन्यवाद भन्नुभएको हो ।
‘कसैले फोहोर गर्छन् र जरिबाना तिराउने भनेर महानगर बसेको हुँदैन। सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ। राप्रपाले आजको कार्यक्रममा आफैँ सरसफाइ गरेकोमा धेरै-धेरै धन्यवाद छ,’ मेयर शाहले फेसबुकमा लेख्नु भएको छ ।
यसअघि आजै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मेयर शाहलाई हिरो भएर पत्र नकाट्न सुझाव दिनुभएको थियो । महानगरले यसअघि पनि राप्रपालाई एक लाख जरिबाना तिराएको थियो।
