बदला लिने नियतले लामिछानेलाई रातारात बेडरूमबाट पक्राउ गरिएको होः स्वर्णिम वाग्ले

धादिङ, चैत्र २३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सरकारले बदला लिने नियतले आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताउनुभएको छ ।

शनिबार चितवनबाट रास्वपाले शुभारम्भ गरेको जनयात्रालाई सम्बोधन गर्दै उपसभापति वाग्लेले सेखी झार्ने र बदला लिने नियतले नै रवि लामिछानेलाई रातारात बेडरूमबाट पक्राउ गरिएको बताउनुभएको हो ।

यसअघि हिरासतमा राख्दा पनि यस्तै गरिएको थियो। त्यसैलाई पुनरावृत्त गर्न खोजिएको छ, उहाँले भन्नुभयो ।

अदालतको आदेशपछि जानकारहरूसँग कुरा गर्दा उच्च अदालतले जिल्ला अदालतलाई जानकारी गराउने र त्यसपछि प्रहरी हुँदै प्रक्रियामा जान्छ भन्ने बुझेको उहाँले बताउनुभयो ।

त्यसो हुँदा सोमबारसम्म समय हुने र तारेख बुझ्न जाँदा सभापति लामिछानेले आफै जानकारी गराउन सक्ने भनिएको थियो। तर उल्टो भयो,उहाँले भन्नुभयो ।

तर लामिछाने हतास नभएको वाग्लेले बताउनुभयो।

Related posts

Leave a Comment