धादिङ, चैत्र २३धादिङ अस्पताल धादिङमा आज निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय र धादिङ अस्पतालको आयोजनामा सम्पन्न भएको शिविरबाट ४१ जनाले सेवा लिएका छन् । शिविरमा त्रि.वि. शिक्षण अस्पताल महाराजगंजमा कार्यरत वरिष्ठ बाल रोग विशेषज्ञ सर्जन डाक्टर दिनेश कोइराला, बरिष्ठ पेट, आन्द्रा र कलेजो रोग विशेषज्ञ सर्जन डाक्टर जयन्त शाह र वीर अस्पतालमा कार्यरत वरिष्ठ मस्तिष्क तथा मेरुदण्ड विशेषज्ञ सर्जन डाक्टर प्रनभ रेग्मीद्वारा स्वास्थ्य परिक्षण गरिएको थियो । जस अन्तर्गत ५ जनाले बाल रोग सेवा, २७ जनाले पेट, आन्द्रा र कलेजो…
Day: April 5, 2025
बदला लिने नियतले लामिछानेलाई रातारात बेडरूमबाट पक्राउ गरिएको होः स्वर्णिम वाग्ले
धादिङ, चैत्र २३राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सरकारले बदला लिने नियतले आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताउनुभएको छ । शनिबार चितवनबाट रास्वपाले शुभारम्भ गरेको जनयात्रालाई सम्बोधन गर्दै उपसभापति वाग्लेले सेखी झार्ने र बदला लिने नियतले नै रवि लामिछानेलाई रातारात बेडरूमबाट पक्राउ गरिएको बताउनुभएको हो । यसअघि हिरासतमा राख्दा पनि यस्तै गरिएको थियो। त्यसैलाई पुनरावृत्त गर्न खोजिएको छ, उहाँले भन्नुभयो । अदालतको आदेशपछि जानकारहरूसँग कुरा गर्दा उच्च अदालतले जिल्ला अदालतलाई जानकारी गराउने र त्यसपछि प्रहरी हुँदै प्रक्रियामा जान्छ भन्ने बुझेको उहाँले बताउनुभयो । त्यसो हुँदा सोमबारसम्म…
रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीले हङकङमा हुने टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै
धादिङ, चैत्र २३नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा हुने टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि १४ जना खेलाडीको नाम सार्वजनिक गरेको छ । शृङ्खलाका लागि क्यानले लोकेश बम, साहब आलम र बसिर अहमदलाई लामो समयपछि टोलीमा राखेको जनाएको छ । यस्तै नन्दन यादव पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्दै छन् । क्यनाले रोहित पौडेलको कप्तानीमा आसिफ शेख, कुशल भुर्तेल, लाकेस बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, साहब आलम, नन्दन यादव, रिजन ढकाल र गुल्शनकुमार झासहित १४ सदस्यीय टोली घोषणा गरेको छ । यही चैत २७ गतेदेखि…
रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई
राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ। केन्द्रीय सचिवालयको बैठकले उक्त निर्णय गरेको हो। उच्च अदालत तुलसीपुर बुटवल इजलासले पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ आदेश गरेको थियो। सभापति लामिछाने पक्राउ भए लगत्तै पार्टीको सचिवालय बैठक बसेको थियो। बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ। यस्तै, आज चैत्र २३ गते शनिबार अपराह्न २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको सभालाई शान्त र सौम्य बनाउन पनि…
