धादिङ ।
काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा प्रतिनिधि सभा उमेद्वार बालेन शाह धादिङमा गर्दा गाडी नरोकी अघि बढेका छन्। सडकछेउमा उभिएका समर्थक तथा स्थानीय नागरिकहरूका लागि उनको उपस्थिति रफ्तार गाडीमै सिमित रह्यो।
गाडी रोकेर सर्वसाधारणसँग भेटघाट हुने अपेक्षा गरिए पनि शाहले त्यस्तो कुनै गतिविधि नगरेको स्थानीयको गुनासो छ । उनका समर्थकहरू बाटोछेउ उभिएर हात हल्लाउँदै अभिवादन गरिरहेका देखिए पनि उनि भने सुरक्षा घेरामै गाडीभित्रै अघि बढेका थिए ।
यस घटनापछि सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रतिक्रिया आएका छन् । केही प्रयोगकर्ताले ‘जनतासँग दूरी बढ्दै गएको’ टिप्पणी गरेका छन् भने केहीले व्यंग्यात्मक शैलीमा ‘रफ्तार गाडीमै दर्शन दिने स्वघोषित भगवान’ भन्ने टिप्पणी गरेका छन् ।
यद्यपि समर्थक पक्षले भने उनको कार्यशैलीलाई समय व्यवस्थापन र सुरक्षासँग जोडेर हेर्नुपर्ने तर्क अघि सारेका छन्। “कार्यक्रम तालिका कडा हुँदा सबै ठाउँमा रोकिन सम्भव हुँदैन,” उनीहरूको भनाइ छ।
जनप्रतिनिधिको सार्वजनिक व्यवहार, जनतासँगको संवाद र पहुँचबारे प्रश्न उठिरहेकै बेला धादिङको यो घटनाले फेरि एकपटक नेतृत्व र जनताको दूरी माथि बहस चर्काएको छ।
