कुवेतविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

धादिङ, २२– असोज

आइसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आफ्नो महत्वपूर्ण खेलमा नेपालले कुवेतविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा आज भएको टसमा कुवेतका कप्तानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

यो निर्णयसँगै नेपालले अब केही बेरमा ब्याटिङ सुरु गर्नेछ।

विश्वकपमा स्थान बनाउने लक्ष्यका साथ छनोट प्रतियोगिता खेलिरहेको नेपालका लागि आजको खेल निकै महत्वपूर्ण मानिएको छ।

नेपाली टोली बलियो ब्याटिङ प्रदर्शन गर्दै कुवेतसामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्ने दाउमा छ। खेल केही बेरमा सुरु हुँदैछ।

Related posts

Leave a Comment