किन खनिए सन्दीप कान्तिपुर TV HD माथि

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार लेग स्पिनर सन्दीप लामिछानेले कान्तिपुर टिभी एचडीमाथि सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन्।

उनका अनुसार, युनिटी कपको पहिलो टी-२० खेलको समाचारमा स्रोत पुष्टि नगरी हावाको भरमा रिपोर्टिङ गरिएको थियो। समाचारमा भनिएको थियो कि सन्दीपले राष्ट्रिय टिमको मुख्य प्रायोजक नासा सेक्युरिटीको जर्सी लगाउन अस्वीकार गरेका हुन्। तर, सन्दीपले यो व्यक्तिगत मामला भएको र अष्ट्रेलियाको सिरिजमा पनि त्यही लोगो भएको जर्सी लगाइसकेको बताएका छन्।

सन्दीपले सञ्चारमाध्यमलाई सम्मान गर्ने तर भविष्यमा यस्ता अपुष्ट समाचार नदोहोर्याउन आग्रह गरेका छन्।

उक्त विवादका बावजुद नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै पहिलो खेलमा विजयी भएको थियो। सन्दीपले सामाजिक सञ्जालमार्फत टोलीलाई बधाई दिएका छन्, तर आफू नखेल्नुको कारण खुलाएका छैनन्।

Related posts

Leave a Comment