आईसीसी पुरुष टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा

धादिङ, २६–असार आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया र पूर्वी एसिया–प्रशान्त क्षेत्रीय संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अनुसार नेपालले समूह ‘बी’मा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै समूह ‘ए’मा युएई, मलेसिया र कतार रहेका छन् भने समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। १० दिनसम्म चल्ने प्रतियोगिता ८ देखि १० अक्टोबरसम्म हुनेछ। नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको हो। प्रत्येक समूहमा तीन टिम रहेका छन्। प्रत्येक समूहबाट शीर्ष दुई टोली ‘सुपर सिक्स’चरणमा पुग्नेछन्। सुपर सिक्सका खेल जुन १२ देखि…

गुरु पूर्णिमा तथा नेपाल निवृत्त शिक्षक समाजको ११औँ स्थापना दिवस भव्यताका साथ सम्पन्न

धादिङ, २६–असार नेपाल निवृत्त शिक्षक समाज, जिल्ला कार्य समिति धादिङको आयोजनामा गुरु पूर्णिमा तथा संस्थाको ११औँ स्थापना दिवसको अवसरमा शिक्षक सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ । कार्यक्रम नेपाल निवृत्त शिक्षक समाज धादिङका अध्यक्ष केसरि प्रसाद पन्तको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निवृत्त शिक्षकहरूलाई सम्मान गरिएको थियो भने योगदान पुर्याएका शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल निवृत्त शिक्षक समाजका केद्रिय समिति उपाध्यक्ष गुणराज गौतमले शिक्षकहरू सेवा वाट निवृत्त भए पनि अनुभवबाट कहिले पनि निवृत्त नहुने बत्ताउँदै हालसम्मका उपलब्धिहरूको समीक्षा र  शिक्षामा योगदान पुर्याउने…

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ईश्वर भण्डारीलाई वाइसिएलद्वारा सम्मान

धादिङ, २४–असार अखिल (क्रान्तिकारी) गजुरी गाउँपालिकाको आयोजनामा २०८१ सालको कक्षा १० को एसईई परीक्षामा सहभागी भई ४.० जिपिए ल्याउने गजुरी पीडा माध्यमिक विद्यालयका विद्यार्थी ईश्वर भण्डारीलाई सम्मान गरिएको छ। गजुरी गाउँपालिका भित्रकै उत्कृष्ट नतिजा ल्याउन सफल भण्डारीलाई यङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालका केन्द्रिय सदस्य सन्तोष अधिकारी र वाइसिएल गजुरी गाउँपालिकाका अध्यक्ष दिवाकर श्रेष्ठले नगद पाँच हजार पाँच सय रुपैयाँसहित सम्मान गरेका हुन्। सम्मान कार्यक्रममा वाइसियल नेपालका केन्द्रिय सदस्य अधिकारिले एस्ता सम्मनहरुले हौसला मिल्ने र अझ आफुलाई निखारेर लैजान मद्दत गर्ने बताए । कार्यक्रममा बोल्दै वाइसियल गजुरि गाउँपालिका अध्यक्ष श्रेष्ठले भण्डारीको…

 नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ, जिल्ला शाखा धादिङ धर्नामा

धादिङ, २२–असार,  नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ, जिल्ला शाखा धादिङको आयोजनामा आज जिल्ला प्रशासन कार्यालय, धादिङ अगाडि विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम सम्पन्न गरिएको छ । सरकारद्वारा आर्थिक वर्ष २०८२ ÷ ८३ को नीति तथा कार्यक्रम बजेटमा सुनचाँदी व्यवसायमा २% बिलासी कर र मूल्य अभिवृद्धि कर (भ्याट) १३% लगाइएको विरोधमा व्यवसायीहरूले प्लेकार्डसहित प्रदर्शन र जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना गरेका हुन् । उनीहरूले “हाम्रो धर्ना जारी छ”, “हाम्रो माग पुरा गर”, “सुनमा बिलासी कर हटाऊ” “सुनमा भन्सार कर ६ प्रतिशत कायम गर”,  जस्ता नारा लगाएका थिए । नेपाल सुनचाँदी कला व्यवसायी…

वाईसिएल नेपाल गजुरीको आयोजनामा गजुरी–७ शहीद शान्ति पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न

धादिङ, २१–असार वाईसिएल नेपाल गजुरीको आयोजनामा गजुरी गाउँपालिका वडा नं ७ स्थित शहीद शान्ति पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष भक्त बहादुर तामाङ, वाईसिएल नेपाल धादिङका अध्यक्ष राजन लम्साल ज्वाला, वाइसियल नेपाल धादिङका सचिव सन्तोष रेग्मी, वाईसियल नेपालका सदस्य सन्तोष अधिकारि, वाईसियल नेपाल गजुरि गाउँपालिका अध्यक्ष दिवाकर श्रेष्ठ लगायतका नेता कार्यकर्ता युवा स्वयंसेवक, सामाजिक अभियन्ता र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो। वृक्षरोपणका क्रममा बिभिन्न प्रजातिका फुल तथा फलफुलका बिरुवा रोपिएको आयोजकले जानकारी दिएको छ। वाईसिएल नेपालका प्रतिनिधिहरूले देशभर…