धादिङ, असार-२८ नीलकण्ठ नगरपालिका वडा नं. ८, रामकोट हटिया चौतारामा सञ्चालित आधारभूत कम्प्युटर तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ। अनन्त आशा नेपालको आयोजनामा र अनन्त आशा इन्टरनेशनलको आर्थिक सहयोग तथा नीलकण्ठ नगरपालिका र वडा नं. ८ को समन्वयमा सञ्चालन गरिएको उक्त तालिममा ३५ जना सहभागी रहेका थिए। तालिम तीन महिना (९० दिन) सम्म सञ्चालन भएको थियो। कार्यक्रमको अध्यक्षता वडा नं. ८ का अध्यक्ष प्रकाश कुमार श्रेष्ठले गरेका थिए । उनले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई भविष्यमा जीवनोपयोगी बनाउनेतर्फ ध्यान दिन सहभागीहरूलाई सुझाव दिए । कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका प्रमुख…
