धादिङ २६ असार
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नीलकण्ठ नगर समिति, धादिङद्वारा आयोजित SEE उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
क्भ्भ् परीक्षा २०८१ मा सफल भएका विद्यार्थीहरूलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अखिल क्रान्तिकारी नीलकण्ठ नगर समितीले जनाएको छ ।
उक्त सम्मान कार्यक्रममा SEE उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाण पत्र र मेडल प्रदान गरि शैक्षिक जीवनको बधाई तथा शुभकामना सहित सम्मान गरिएको थियो ।

“सम्पूर्ण वामपन्थी प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरू एकजुट होऔं” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्र प्रदेश तथा जिल्लाका नेताहरुले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रा सफल पार्न आवश्यक मार्गदर्शन र उत्प्रेरणा प्रदान गरिएको थियो ।
नीलकण्ठ नगरभित्रका विभिन्न विद्यालयका एस।ई।ई।उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानपत्र प्रदान गर्दै भविष्यमा अझ मेहेनत गर्न आग्रह गरिएको थियो । नीलकण्ठ नगरकमिटी अध्यक्ष किरण खातीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष मदन ढकालको प्रमुख आतिथ्यता, पार्टी केन्द्रिय सदस्य राम बहादुर भण्डारी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारी, बागमती प्रदेश सहसचिव विजय बुर्लाकोटी, जिल्ला संयोजक मनराज भण्डारी, प्रदेश सचिवलय सदस्य दिपक विश्वकर्मा, प्रदेश सदस्य शम्भु श्रेष्ठ लगायत नगरपार्टी नेतृत्व तथा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
