वाईसिएल नेपाल गजुरीको आयोजनामा गजुरी–७ शहीद शान्ति पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न

धादिङ, २१–असार

वाईसिएल नेपाल गजुरीको आयोजनामा गजुरी गाउँपालिका वडा नं ७ स्थित शहीद शान्ति पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष भक्त बहादुर तामाङ, वाईसिएल नेपाल धादिङका अध्यक्ष राजन लम्साल ज्वाला, वाइसियल नेपाल धादिङका सचिव सन्तोष रेग्मी, वाईसियल नेपालका सदस्य सन्तोष अधिकारि, वाईसियल नेपाल गजुरि गाउँपालिका अध्यक्ष दिवाकर श्रेष्ठ लगायतका नेता कार्यकर्ता युवा स्वयंसेवक, सामाजिक अभियन्ता र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो। वृक्षरोपणका क्रममा बिभिन्न प्रजातिका फुल तथा फलफुलका बिरुवा रोपिएको आयोजकले जानकारी दिएको छ।

वाईसिएल नेपालका प्रतिनिधिहरूले देशभर हरियाली अभियान सञ्चालन गर्ने र वातावरण संरक्षणमा युवाहरूको सक्रियता आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। शहीद शान्ति पार्कमा वृक्षारोपण गर्नुको मुख्य उद्देश्य वातावरण संरक्षणसँगै शहीदप्रतिको सम्मान प्रकट गर्नु रहेको आयोजकको भनाइ छ।

Related posts

Leave a Comment