गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी तथा मूल समारोह कार्यक्रम सम्पन्न

धादिङ १५ जेठधादिङबेसीमा गणतन्त्र स्थापना भएको गौरवपूर्ण दिनको सम्झनामा आज प्रभातफेरी तथा मूल समारोह कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइयो । जिल्ला समन्वय समिति र गणतन्त्र दिवस २०८२ जिल्ला समारोह समितिको आयोजना तथा नीलकण्ठ नगरपालिकाको संयोजनमा  प्रभातफेरी तथा मूल समारोह कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमपछि सिटीहलमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले गणतन्त्रले आफुहरुलाई अधिकार मात्र नभई जिम्मेवारी पनि दिएको र अबको अभियान विकास, सुशासन र समावेशितालाई व्यवहारमा उतार्नु रहेको बताउनुभयो । यस्तै जिल्ला…

वृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

धादिङ १५ जेष्ठ गणतन्त्र दिवस मूल समारोह समितिको आयोजना र नेपाल रेडक्रस सोसाइटी धादिङको सहकार्यमा आयोजित वृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ३२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति दुर्लभ तामाङले बताउनु भयो । सभापति तामाङका अनुसार रक्तदान कार्यक्रममा ८ जना महिला र २४ जना पुरुषले स्वेच्छिक रूपमा रक्तदान गरेका हुन् । उहाँले रक्तदानजस्तो महान् मानव सेवा कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

नीलकण्ठ-१२ स्थित पशुपति माध्यमिक विद्यालयमा हस्तलेखन प्रतियोगिता सम्पन्न

धादिङ १५ जेष्ठ १८ औं गणतन्त्र दिवसको अवसरमा नीलकण्ठ–१२ स्थित पशुपति माध्यमिक विद्यालयमा हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका र नगर स्तरीय बाल सञ्जालको संयुक्त आयोजनामा आधारभूत तह (कक्षा १ देखि ५) का विद्यार्थीहरूबीच हस्तलेखन प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगितामा कक्षा १ देखी ३ सम्म अंग्रेजी तर्फ पण्डित चौर आधारभुत विद्यालयका दिल बहादुर तामाङले प्रथम स्थान हासिल गर्न सफल भए भने पञ्चकन्या माध्यमिक विद्यालयका डोल्मा गुरुङ दित्तिय र युकिता गुरुङ तृतिय हुन सफल भए । त्यस्तै कक्षा ४ र ५ काके नेपाली हस्तलेखन प्रतियोगितामा पञ्चकन्या माध्यमिक विद्यालयकी…