न्यू किवो वोर्डिङ स्कुलमा अक्षय तृतीयाको अवसर पारेर विद्यालयमा रचनात्मक क्रियाकलाप सञ्चालन

न्यू किवो वोर्डिङ स्कुलले अक्षय तृतीयाको अवसर पारेर विद्यालयमा रचनात्मक क्रियाकलाप सञ्चालन गरेको छ ।

बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि नेपाली संस्कृती तथा परम्परालाई जगेर्ना गर्ने उद्धेश्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सातु र खुदो खुवाउदै अक्षय तृतीया पर्व मनाएको हो । अतिरिक्त क्रियाकलाप संयोजक अनुपट्टका अनुसार बुधबार प्रि प्राईमरी तह कक्षा १ र २ मा अध्ययनरत सम्पुर्ण बालबालिकाहरुलाई सातु र खुदो खान दिएर यस दिनलाई विशेष दिनको रुपमा मनाएको जानकारी दिनुभयो ।

यसका साथै भोली बैशाख १८ गते अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा विद्यालयमा विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरु बिच जुनियर फुटवल प्रतियोगिता आयोजना गर्ने भएको अतिरिक्त क्रियाकलाप संयोज भट्टले बताउनुभयो । उक्त प्रतियोगितामा १६ टिम सहभागी रहनेछ ।

प्रिन्सिपल प्रयास रेग्मीका अनुसार न्यू किवो वोर्डिङ स्कुलले वालवालिकाको चौतर्फी बिकासको लागि रचनात्मक क्रियाकलापहरु आयोजना गरिरहेको स्पष्ट पार्नुभयो । सम्पुर्ण सञ्चालक समिती, विद्यार्थी, अभिभावक, शिक्षककर्मचारीहरुको संयुक्त प्रयासले धादिङ जिल्लाकै उत्कृष्ट विद्यालय बन्न सफल भएको प्रिन्सिपल रेग्मीको भनाई छ ।

Related posts

Leave a Comment