न्यू किवो वोर्डिङ स्कुलले अक्षय तृतीयाको अवसर पारेर विद्यालयमा रचनात्मक क्रियाकलाप सञ्चालन गरेको छ । बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि नेपाली संस्कृती तथा परम्परालाई जगेर्ना गर्ने उद्धेश्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सातु र खुदो खुवाउदै अक्षय तृतीया पर्व मनाएको हो । अतिरिक्त क्रियाकलाप संयोजक अनुपट्टका अनुसार बुधबार प्रि प्राईमरी तह कक्षा १ र २ मा अध्ययनरत सम्पुर्ण बालबालिकाहरुलाई सातु र खुदो खान दिएर यस दिनलाई विशेष दिनको रुपमा मनाएको जानकारी दिनुभयो । यसका साथै भोली बैशाख १८ गते अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा विद्यालयमा विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरु बिच जुनियर फुटवल…
Day: April 30, 2025
नेपाल शिक्षक महासंघका प्रतिनिधि मण्डल र सरकारबीच सिंहदरबारमा वार्ता जारी
धादिङ, वैशाख– १७ नेपाल शिक्षक महासंघका प्रतिनिधि मण्डल र सरकारबीच सिंहदरबारमा वार्ता जारी छ । वार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भइरहेको हो । महासंघले अघि सारेको ९ बुँदे प्रस्तावमा सहमति जुटाउने प्रयासस्वरूप छलफल भइरहेकाले आजै सहमति हुन सक्ने सम्भावना रहेको जनाइएको छ । शिक्षक महासंघका नेताहरूका अनुसार हिजो रातिको वार्ता सकारात्मक भएको थियो र त्यसैलाई आधार बनाएर आजको वार्तामा निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।
रूस–युक्रेन युद्ध अन्त्य गर्न ठोस प्रस्ताव नआए अमेरिका मध्यस्थता प्रक्रियाबाट पछि हट्ने चेतावनी
धादिङ, वैशाख– १७ अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रूस–युक्रेन युद्ध अन्त्य गर्न ठोस प्रस्ताव नआए अमेरिका मध्यस्थता प्रक्रियाबाट पछि हट्ने चेतावनी दिनु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति वार्ता प्राथमिकतामा राखे पनि प्रगति नदेखिएको भन्दै धैर्य सकिँदै गएको संकेत गर्नु भएको छ । ट्रम्पले पुटिन शान्ति चाहन्छन् भन्ने संकेत दिए पनि रुसले तीन दिने युद्धविराम मात्रै प्रस्ताव गरेको छ, भने युक्रेन–समर्थित ३० दिनको युद्धविराम अस्वीकार गरेको छ । अमेरिका भने दीर्घकालीन र स्थायी शान्ति चाहन्छ । कूटनीतिक दबाबस्वरूप अमेरिकाले तयार पारेको प्रारूप युक्रेनका लागि अस्वीकार्य लाग्न सक्छ । ट्रम्पले…
प्रचण्ड पार्टीको मधेश जागरण अभियानका क्रममा कञ्चनपुरमा
धादिङ, वैशाख– १७ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको मधेश जागरण अभियानका क्रममा कञ्चनपुर पुग्नुभएको छ । त्यसक्रममा उहाँले जिल्लाको पुनर्वास नगरपालिका–५ स्थित शोभा ताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट गर्नूभएको छ । कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको क्रममा अमूल्य बलिदान दिने ३८ जना सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको परिवारप्रति सम्मान व्यक्त गर्नुभयो। भेटघाट कार्यक्रममा सहिद परिवारका सदस्यहरूसँग आत्मीय संवाद गर्दै उहाँले जनयुद्धको योगदान र सहिदहरूको बलिदानलाई संस्थागत रूपमा स्मरण गर्नुका साथै सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता पनि दोहोर्याउनु भयो । त्यसअघि आजै बिहान पुनर्वासमा जनयुद्धका…
नाउपाका संरक्षक रेशम चौधरी पक्राउ
धादिङ, वैशाख– १७ नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ पर्नु भएको छ । जनमत पार्टीसँग एकता घोषणा गर्न लागिएको कार्यक्रम स्थलबाटै उहाँलाई प्रहरीले पक्राउ गरेको नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जानकारि दिनुभयो। चौधरी पाक्राउ पर्नुको स्पष्ट कारण खुलेको छैन। तर जनमत अध्यक्ष डा. सिके राउतका अनुसार उहाँलाई पुरानो फैसला कार्यान्वयनका लागि भन्दै प्रहरीले पक्राउ गरेकोहो। टिकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ मा रिहा हुनुभएको थियो। राउतले डिल्ली बजार जेल पठाएको खबरसमेत प्राप्त भएको सामाजिक संजालमार्फत उल्लेख गर्नुभएको छ। आज नै राउत नेतृत्वको…
