अनेरास्ववियु अखिल क्रान्तिकारी जिल्ला समन्वय समिति धादिङको क्यालेन्डर विमोचन

धादिङ १३ बैशाख

अनेरास्ववियु अखिल क्रान्तिकारी जिल्ला समन्वय समिति धादिङको भित्ते पात्रो विमोचन तथा स्ववियु विजेताहरूलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गर्दै नव वर्ष २०८२ सालको भित्ते पात्रो विमोचन गर्नुका साथै स्ववियु निर्वाचनमा विजेता भएका धादिङका विभिन्न क्याम्पसको पदाधिकारीहरुलाई सम्मान गरेको हो ।

अखिल क्रान्तिकारी धादिङ जिल्ला अध्यक्ष श्रीकृष्ण रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अखिल क्रान्तिकारी अध्यक्ष विजय प्रसाद सापकोटा प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसै गरी अखिल क्रान्तिकारी बागमती प्रदेश अध्यक्ष अर्जुन पौडेल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री शालिकराम जमरकट्टेल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राम बहादुर भण्डारी, नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सहसचिव विजय बुर्लाकोटी नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एवम् नीलकण्ठ नगरपालिकाको उपप्रमुख दिपक विश्वकर्मा, नेकपा माओवादी केन्द्र जिल्ला संयोजक मनराज भण्डारी (शैलेस) लगायत विभिन्न नेत्तृत्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि सापकोटाले आफूले आफूलाई अखिल क्रान्तिकारीको नेतृत्वको रूपमा हेरिरहँदा समाज र देशका सम्पूर्ण नागरिकले आफूलाई विश्वास गर्न सक्ने बातारवण सिर्जना गर्न आग्रह गनूभयो ।

त्यसै गरी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री जमरकट्टेलले समुदायका सम्पूर्ण विद्यार्थी, मजदुर, किसान, महिला, युवा तथा हरेक क्षेत्रका मानिसहरूलाई बढी भन्दा बढी सङ्गठित गरेर अगाडी बढ्न सुझाव दिनुभयो ।

त्यसै गरी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामबहादुर भण्डारीले विद्यार्थीहरूको हक हित र अधिकारको साथ साथै निःशुल्क शिक्षा लागु गराउनु नै विद्यार्थी आन्दोलनको मुख्य उद्देश्य भएको बताउनुभयो । उहाँले आफूहरूलाई गणतन्त्रले मात्र नपुग्ने भएकाले समाजवादी र साम्यवादी व्यवस्था आवश्यक भएको बताउनुभयो ।

Related posts

Leave a Comment