अनेरास्ववियु अखिल क्रान्तिकारी जिल्ला समन्वय समिति धादिङको क्यालेन्डर विमोचन

धादिङ १३ बैशाख अनेरास्ववियु अखिल क्रान्तिकारी जिल्ला समन्वय समिति धादिङको भित्ते पात्रो विमोचन तथा स्ववियु विजेताहरूलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गर्दै नव वर्ष २०८२ सालको भित्ते पात्रो विमोचन गर्नुका साथै स्ववियु निर्वाचनमा विजेता भएका धादिङका विभिन्न क्याम्पसको पदाधिकारीहरुलाई सम्मान गरेको हो । अखिल क्रान्तिकारी धादिङ जिल्ला अध्यक्ष श्रीकृष्ण रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अखिल क्रान्तिकारी अध्यक्ष विजय प्रसाद सापकोटा प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरी अखिल क्रान्तिकारी बागमती प्रदेश अध्यक्ष अर्जुन पौडेल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकारका निवर्तमान…

आन्दोलनरत शिक्षकहरु नेपाली कांग्रेससँग वार्तामा

आन्दोलनरत शिक्षकहरु नेपाली कांग्रेससँग वार्ता गर्न पुगेका छन्। आज बिहान सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीचको वार्ता निष्कर्षबिहीन बनेपछि शिक्षकहरु नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका हुन्। कांग्रेसका अन्य नेताहरुसमेत रहेको उक्त छलफलमा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा शिक्षकहरू पुगेका थिए। सुवेदी कांग्रेसनिकट नेपाल शिक्षक संघबाट टिकट पाएर नेपाल शिक्षक महासंघमा निर्वाचित हुनुभएको हो । विद्यालय शिक्षा ऐनसहित विभिन्न माग राखेर लामो समय आन्दोलित बनेको सहमतिको वातावरण बनाउन सभापति शेरबहादुर देउवाले यसअघि नै महामन्त्रीद्वय थापा र शर्मालाई जिम्मेवारि दिनुभएको थियो । महासंघका प्रतिनिधिहरुले यस…