जुलियन किर्पाललाई देश निकाला

धादिङ, वैशाख-१ राजसंस्थाका पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई सरकारले देश निकाला गरेको छ ।  गृह मन्त्रालयले किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउँदै तत्काल डीपोर्ट गर्ने निर्णय गरेको हो। उनलाई मंगलबार (भोलि) सम्ममा स्वदेश पठाउने तयारी रहेको अध्यागमन विभागका सूचना अधिकारी टिकाराम ढकालले जानकारी दिनुभयो।   विदेशी नागरिक भएर पनि नेपालको राजनीतिक गतिविधिमा संलग्न रहेको पाइएकाले प्रतिबन्धसहित देश निकाला गरेको ढकालको भनाइ छ । ‘उहाँले पनि आफ्नो देश जाने रुची राख्नु भयो, पर्यटन भिषामा आउनु भएको रहेछ, पर्यटकीय कार्यभन्दा बाह्रय गतिविधि गरेको देखियो, त्यही कारण उहाँलाई…

एसिया छनोट अन्तर्गत दोस्रो खेलमा आज नेपालले ओमानसँग खेल्दै

धादिङ, वैशाख-१ काठमाडौंमा जारी आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत दोस्रो खेलमा आज नेपालले ओमानसँग खेल्दै छ । खेल बिहान साढे ९ बजेदेखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुरु हुनेछ ।  नेपालले पहिलो खेलमा आइतबार यूएईमाथि डिएलएस पद्दति अनुसार ५ रनको जित निकाल्दै विजयी सुरुवात गरेको थियो ।  ओमानले भने आईतबार नै भएको खेलमा अफगानिस्तानसँग ८ विकेटको फराकिलो हार बेहोरेको थियो । आजै तल्लो मुलपानी मैदानमा अफगानिस्तानले हङकङसँग खेल्ने तालिका छ ।  नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोटबाट शीर्ष हुने टोली आगामी वर्ष जिम्बावे र नामिबियामा हुने  यू–१९…

पूर्व राजा शाहद्वारा तीनकुने घटनाप्रति दुख व्यक्त

धादिङ, वैशाख-१ पूर्व राजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते कोटेश्वर र तीनकुने क्षेत्रमा भएको हत्या, आगजनी, तोडफोडलगायतका हिंसाजन्य घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ । राजावादी समूहले गरेको प्रदर्शनले हिंसात्मक रूप लिँदा भएको घटनामा पत्रकारसहित दुई जनाको ज्यान जानुका साथै निजी तथा सरकारी भवनमा आगजनी भएको थियो । उक्त हिंसात्मक घटनाबारे चौतर्फी आलोचना भए पनि उहाँकै नाम जोडेर आयोजित प्रदर्शनमा पूर्व राजा ज्ञानेन्द्र मौन बस्दै आउनुभएको थियो । उहाँलाई गिरफ्तार गरी कानुनी कठघरामा उभ्याइनुपर्ने सम्मका माग भइरहेको वेला आइतबार नयाँ वर्षको शुभकामना सन्देशसँगै घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो । ‘केही दिनअघि…

नयाँ वर्ष देशभर शुभकामना साटासाट गर्दै उत्साहका साथ मनाइँदै

आज विक्रम संवत् २०८२ को पहिलो दिन वैशाख १ गते देशभर शुभकामना साटासाट गर्दै उत्साहका साथ मनाइँदै छ। आज सूर्यले मीन राशि छोडेर मेष राशिमा प्रवेश गर्ने दिन, वैशाख सङ्क्रान्ति वा मेष सङ्क्रान्ति हो । यो वर्षको पहिलो दिन पनि हो। सूर्यको गतिमा आधारित भएकाले विक्रम संवत् शाश्वत छ भनी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउनुहुन्छ । ‘विक्रम संवत् ६० संवत्सरमध्ये एक हो र सूर्यसँग जोडिएको छ। त्यसैले यसलाई विक्रमादित्य संवत् भनिन्छ। सूर्यको गति र स्थिति अनुसार यो संवत् चल्छ। शक संवतको विशेषता र इश्वी संवतको व्यावहारिकता…