धादिङ २६ चैत्र
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ मा दलित सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार वडा नम्बर ६ का वडा अध्यक्ष भूपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो भने नीलकण्ठ नगरकार्यपालिका सदस्य लक्ष्मण रम्तेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि विश्वकर्माले दलितले आफ्नो अधिकार र कानुनमा लेखिएको कुराको जानकारी लिनुपर्ने र आफू पनि आर्थिक रुपमा सबल र सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै नगरकार्यपालिका सदस्य लक्ष्मण रम्तेलले समाजको जानेबुझेका समाजसेवी राजनीतिक दलका व्यक्तिहरुले पनि छुवाछुत तथा विभेद गर्नुहुन्न भन्नेकुरा समाजको नेतृत्व गर्ने व्यक्तिहरुले पनि सिक्न र बुझ्न जरुरी रहेको बताउनुभयो ।
