लामिछाने आजदेखि जिम्मेवारीमा फर्कँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आजदेखि पार्टी जिम्मेवारीमा फर्कँदैहुनुहुन्छ ।

सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसमेत मुद्दामा गत कात्तिक २ गते पक्राउ परेपछि उहाँ पार्टीको भूमिकामा निष्क्रिय हुनुहुन्थ्यो ।

सहकारी ठगी प्रकरणमा कास्की, रूपन्देही, काठमाडौं, चितवन जिल्ला अदालतबाट लामिछाने धरौटीमा छुटे पनि मुद्दा अदालतमा विचाराधीन छ।

सभापति लामिछाने सोमबारको बैठकबाट पार्टीको नियमित जिम्मेवारीमा फर्कन लागेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। सोमबार अपराह्न ३ बजे पार्टी केन्द्रीय समितिको बैठक चःमतिस्थित कार्यालयमा बोलाइएको छ।

उहाँका अनुसार सोमबारको केन्द्रीय समितिको पहिलो बैठक कार्यवाहक सभापति अर्यालकै अध्यक्षतामा बस्नेछ। त्यो बैठकमा उहाँले पद हस्तान्तरण र धन्यवाद ज्ञापन गर्र्नुहुने छ ।

लामिछानेले अध्यक्षता गर्ने दोस्रो बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आआफ्नो संक्षिप्त रिपोर्टिङ गर्ने कार्यसूची छ।

त्यस्तै लिडरसिप एकेडेमीको फ्लो चार्ट, जनयात्रा कार्यक्रमबारे छलफल हुनेछ।

यस अघि उपसभापति डोलप्रसाद अर्याल (डिपी) लाई कार्यवाहक सभापति तोकिएको थियो।

Related posts

Leave a Comment