राष्ट्रिय सभाबाट चार प्रतिस्थापन विधेयक पारित भएका छन् । सोमबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ती विधेयक बहुमतले पारित गरेको हो । सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पेश गरेको ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पेश गरेको ‘सहकारी सम्बन्धी ऐनलाई संशोधन गर्ने विपधेयक बहुमतले पारित भएको हो । यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक र ‘निजिकरण (पहिलो संशोधन) विधेयक बहुमतले पारित…
Day: March 31, 2025
एमालेको गणतन्त्रको पक्षमा आज देशभर प्रदर्शन
नेकपा एमालेले गणतन्त्रको पक्षमा आज देशभर प्रदर्शन गरिरहेको छ । केही जिल्लामा मोटर साइकल र्याली निकालिएको छ भने बाँकी जिल्लाहरूमा प्रदर्शन निकालिएको छ । राजावादी गतिविधि बढेको भन्दै एमालेले व्यवस्थाको पक्षमा यो महिनाभर जनप्रदर्शनको कार्यक्रम राखेको छ । जस अन्तर्गत आज जिल्ला स्तरीय जनप्रदर्शन भइरहेको केन्द्रीय सदस्य रमेशकुमार पौडेलले बताउनु भयो। ‘गणतन्त्रको पक्षमा एमालेको शक्ति प्रदर्शन भइरहेको छ । जनता राजतन्त्रको पक्षमा छैन भन्ने सन्देश दिइरहेका छौं,’ उहाँले बताउनु भयो । जनप्रर्शनका निम्ति महासचिव शंकर पोखरेलले नाराहरू सार्वजनिक गर्नुभएको छ । सार्वजनिक नाराहरूमा ‘दास र रैती बन्न मन्जुर छैन, गणतन्त्र–…
लामिछाने आजदेखि जिम्मेवारीमा फर्कँदै
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आजदेखि पार्टी जिम्मेवारीमा फर्कँदैहुनुहुन्छ । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसमेत मुद्दामा गत कात्तिक २ गते पक्राउ परेपछि उहाँ पार्टीको भूमिकामा निष्क्रिय हुनुहुन्थ्यो । सहकारी ठगी प्रकरणमा कास्की, रूपन्देही, काठमाडौं, चितवन जिल्ला अदालतबाट लामिछाने धरौटीमा छुटे पनि मुद्दा अदालतमा विचाराधीन छ। सभापति लामिछाने सोमबारको बैठकबाट पार्टीको नियमित जिम्मेवारीमा फर्कन लागेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। सोमबार अपराह्न ३ बजे पार्टी केन्द्रीय समितिको बैठक चःमतिस्थित कार्यालयमा बोलाइएको छ। उहाँका अनुसार सोमबारको केन्द्रीय समितिको पहिलो बैठक कार्यवाहक सभापति अर्यालकै अध्यक्षतामा बस्नेछ। त्यो बैठकमा उहाँले…
नीलकण्ठ बहुमुखी क्याम्पसमा अनेरास्ववियू र अनेरास्ववियू अखिल क्रान्तीकारीले लगाएको ताला नेविसंघको भिमढुङ्गाना पक्षका विद्यार्थी नेताहरुले जवरजस्ती खोले
धादिङको सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा अनेरास्ववियू र अनेरास्ववियू अखिल क्रान्तीकारीले लगाएको ताला नेविसंघको भिमढुङ्गाना पक्षका विद्यार्थी नेताहरुले जवरजस्ती खोलेका छन् । निर्वाचनको तयारी नपुगेको भन्दै अनेरास्ववियू र अखिल क्रान्तीकारीले आईतबार क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका थिए । नेपाल विद्यार्थी संघ विचको आन्तरिक द्धन्द्धका कारण निर्धारित मितिमा स्थगित भएको थियो । नेविसंघको एक पक्षले आफुखुशी चैत १९ गतेलाई निर्वाचनको मिति घोषणा गर्दै कार्यतालिका सार्वजनिक गरेसँगै अनेरास्ववियू र अखिल क्रान्तीकारीले आईतबार निर्वाचनको तयारी नपुगेको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका थिए । स्ववियू निर्वाचनको लागि नेपाली कांग्रेस जिल्ला सभापती एवंम…
