बुधबार साँझ ५.५ म्याग्निच्युडको भूकम्प गयो

धादिङ, चैत्र-१३
चीनको तिब्बत क्षेत्रमा बुधबार साँझ ५.५ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार, नेपाली समयअनुसार साँझ ६ः२७ बजे भूकम्प आएको हो।

यो भूकम्प सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टीलाई केन्द्र बनाएर आएको थियो, जुन नेपालको उत्तरपूर्वी सीमानजिकै रहेको छ।

भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो।

Related posts

Leave a Comment