धादिङ– धादिङको निलकण्ठ क्याम्पस सहित विभिन्न क्याम्पसहरुमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचनका लागि आफ्नो संगठन दर्ता गराएको छ । धादिङबेसी सदरमुकाममा रहेको निलकण्ठ बहुमुखी क्याम्पसमा संगीत तामाङको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन सहित संगठन दर्ता गरेको हो । नेत्रावती सामुदायिक बहुमुखी क्याम्पसमा शंकर रिजालको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन सहित संगठन दर्ता गराएको हो भने जय बागेश्वरी बहुमुखी क्याम्पस,चन्द्रोदय बहुमुखी क्याम्पस र मछिन्द्र बहुमुखी क्याम्पसले स्ववियु निर्वाचनका लागि आफ्नो संगठन दर्ता गराएको र बांकी क्याम्पसहरुमा संगठन दर्ता प्रक्रिया बांकी रहेको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष…
Day: March 4, 2025
खैरो हेरोइनसहित चार जना पक्राउ
खैरो हेरोइनसहित चार जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । ३४ ग्राम खैरो हेरोइनसहित काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित पेट्रोलपम्प नजिकैबाट चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा धादिङको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय समीर रोका, सोही ठाउँमा निलकण्ठ गाउँपालिका–११ बस्ने २७ वर्षीय अनुप घिमिरे, नुवाकोटको लिखु गाउँपालिका–३ बस्ने २७ वर्षीय विक्रम तामाङ र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३७ वर्षीय रोमश्वर अधिकारी छन् । उनीहरुलाई सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको मोटरसाइकल र क्रेटा गाडी समेत नियन्त्रणमा लिइएको छ । उनीहरू मोटरसाइकल र बा १५…
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । गाउँपालिकाले सुचना जारी गर्दै गाउँपालिका अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आ.व.२०८१ /०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला शसक्तिकरणमा स्थानीय सरकारको भूमिका शिर्षकमा आधारित रहेर वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । यहि फागुन २४ गते गाउँपालिकाको सभाहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा भाग लिने आमा तथा महिला समुहहरुले महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा सम्पर्क गर्न गाउँपालिकाले सुचना मार्फत जानकारी दिएको छ । गाउँपालिकाले…
अस्ट्रेलियाले भारतलाई दियो २ सय ६५ रनको लक्ष्य
च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनलमा अस्ट्रेलियाले भारतलाई २ सय ६५ रनको लक्ष्य दिएको छ । दुबईमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभर ३ बलमा २ सय ६४ रनमा अलआउट भयाे । अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले ७३, एलेक्स केरीले ६१, ट्राभिस हेडले ३९ रन बनाए । भारतका मोहम्मद शमीले ३ तथा वरुण चक्रवर्ती र रवीन्द्र जडेजाले २/२ विकेट लिए । च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइलनमा भोलि न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल पाकिस्तानको लाहोरमा हुनेछ । भारत समूह ‘ए’ बाट विजेता र न्युजिल्यान्ड उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्…
शाहको स्वास्थ्यमा सुधार
हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार भएको छ । पारिवारिक स्रोतका अनुसार स्वास्थ्यमा सुधार भएकाले केही दिनमै डिस्चार्ज गरिने चिकित्सकले जनाएका छन्। आइतबार राति हृदयघात भएपनि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालको आइसियुमा राखेर उनको उपचार भइरहेको छ। डा.यादब भट्ट लगायत चिकित्सक उनको उपचारमा संलग्न हुनुहुन्छ । यसअघि पनि पारसलाई तीन पटकसम्म हृदयघात भएको थियो।
कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकन शून्य
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकन शून्य आएपछि चर्चाको विषय बनेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग घिसिङले गरेको कार्यसम्पादन सम्झौता अनुरूप म्याद गुज्रेपछि विवरण बुझाएकाले शून्य आएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले घिसिङसँग गरेको कार्यसम्पादन करार अनुसार आर्थिक वर्ष सकिएको दुई महिनाभित्र बुझाउनुपर्नेमा घिसिङले अटेर गरेर ढिला बुझाएको मन्त्रालयको जिकिर छ। मन्त्रालयले गत पुस २२ गते कार्यसम्पादन मूल्यांकन नै नबुझाएकाले किन पदमुक्त नगर्ने भन्दै पत्र काटेपछि उनले २६ पुसमा कार्यसम्पादन विवरण बुझाएका थिए। तोकिएको समयमा कार्यसम्पादन पेस नगरेका कारण मूल्यांकन ग्राह्य नभई निजको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन…
