नेपालगञ्जमा भ्यानको ठक्करबाट मंगलबार एक जना बालकको मृत्यु भएको छ। सो घटनामा तीन जना घाइते भएका छन्। नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा सडकमा गुडिरहेको भे १ च ३८९५ नम्बरको डेलिभरी भ्यान अनियन्त्रित भएर सञ्जय सिलवालको घरको आँगनभित्र छिर्दा छ वर्षीय बालक दृश्यसिंह बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिम विकले जानकारी दिए। दुर्घटनामा स्थानीय ४३ वर्षीय सिलवाल, छ वर्षीया सृष्टि गौतम र आठ वर्षीय सञ्जीव सिलवाल घाइते भएका छन्। उनीहरू घरबाहिर आँगनमा बसिरहेका थिए। तीनै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको…
Day: February 25, 2025
धादिङको थाक्रे गाउँपालिका-२ हुलाक डाँडामा ट्रक दुर्घटना, एक घाइते
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२ हुलाक डाँडामा खाद्यान्न बोकेको ट्रक दुर्घटना हुँदा एक जना घाइते भएका छन् । खाद्यान्न बोकेर विरगंजबाट काठमाण्डौ तर्फ आउदैं गरेको मधेश प्रदेश ०३ -००२ ख १८६८ नम्बरको ट्रक दुर्घटना भएको हो । घाईते हुनेमा दोलखा मेलुङ गाउँपालिकाका ४५ वर्षिय रमेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले बताउनुभयो । प्रहरी उपरिक्षक हमालका अनुसार ट्रक सडक भन्दा ३० मिटर तल खसेको छ । श्रेष्ठको महादेववेशीमा रहेको टाईम्स केयर अस्पतालमा उपचार भइरहेको छ ।
