बिहेको निम्तोमा गएका दुई समूहबिचको झडप एकजनाको मृत्यु

ganesh news

बाजुराको बुढीगंगा नगरपालिका– ८ मोटाबाडामा बिहेको निम्तोमा गएका दुई समूहबिचको झडपमा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीगंगा– ८ डुग्रीतोलाका अन्दाजी २९ वर्षीय रणबहादुर थापा रहेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराका अनुसार गएराति बिहेको निम्तो खान गएका दुई समूहबिच दोहोरो झडप भएको थियो। झडपमा परी थापा घाइते भएका थिए। अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बोहराले जानकारी दिए। उनका अनुसार आरोपित तीनजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई घटनाबारे सोधपुछ तथा अनुसन्धान भइरहेको छ। पक्राउ पर्नेमा बुढीगंगा– ७…

साउथ अफ्रिकाद्वारा अफगानिस्तानसामु ३१६ रनको लक्ष्य प्रस्तुत

आइसिसी च्याम्पियन्स ट्रफीमा साउथ अफ्रिकाले अफगानिस्तानसामु ३१६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  पाकिस्तानको कँराचीमा टस जितेर पहिला ब्याटिङ गरेको साउथ अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३१५ रनको योगफल तयार पारेको हो ।   ओपनर रिआन रिकेल्टनले १०३ रन बनाएको साउथ अफ्रिकन इनिङ्समा क्याप्टेन टेम्बा बाभुमा, रसी दुसेन र एइडेन मारक्रमले अर्धशतक प्रहार गरे । बाभुमा ५८ र दुसेन ५२ रनमा आउट हुँदा मारक्रम भने ५२ रनमा नटआउट रहे ।   च्याम्पियन्स ट्रफीको आफ्नो डेब्यू म्याचमा मोहमद नाबीले २ तथा फजुल्लाक फरुदी, अज्मातुल्लाह ओमारजाई र नूर अहमदले समान एक…

नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगिताको उद्दघाटन समारोह सम्पन्न

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९मा जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगिता उद्दघाटन समारोह सम्पन्न भएको छ । वडाको चण्डेश्वरी माध्यमिक विद्यालय परिषरमा आज एक कार्यक्रमका विच नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले उक्त प्रतियोगिताको उद्दघाटन गर्नु भएको हो । चण्डेश्वरी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न भएको उद्दघाटन समारोहमा नेपाल नगरपालिका संघको अध्यक्ष एवम् नीलकण्ठ नगरपालिका को प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्मा, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक मनराज भण्डारी, नेपाल सितोरियो…

च्याम्पियनस् ट्रफि अन्तर्गत तेस्रो खेल दक्षिण अफ्रीका र अफगानिस्थान बिच हुँदै

धादिङ, च्याम्पियनस् ट्रफि अन्तर्गत तेस्रो खेल दक्षिण अफ्रीका र अफगानिस्थान बिच आज नेपाली समय अनुसार अपरान्ह २ः४५ बजे कराँचिमा हुँदै छ । च्याम्पियनस् ट्रफि अन्तर्गत समुह ‘ए’ को खेलहरुमा न्यूजिल्यान्ड र भारत बिजयी भएका छन् । आजको खेल समुह ‘बि’ अन्तर्गत हुँदैछ भने समुह ‘बि’ अन्तर्गत कै दोस्रो खेल अष्ट्रेलिया र इङ्ल्यान्ड बिच भोली सोही समयमा हुनेछ । प्रतियोगीताको फाईनल खेल फागुन २५ गते हुनेछ ।