आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । बिहीबार भएको समूह ए को खेलमा बंगलादेशलाई हराउँदै भारतले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । भारतले बंगलादेशलाई ६ विकेटले हराएको हो । बंगलादेशले दिएको २२९ रनको लक्ष्य भारतले ४६.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । भारतका लागि शुभमन गिलले अविजित शतक बनाए । उनी १०१ रनमा अविजित रहँदा केएल राहुल पनि ४१ रनमा अविजित रहे । कप्तान रोहित शर्माले ४१ रन बनाए । बंगलादेशका लागि रिशाद होसेनले १० ओभरमा ३८ रन दिएर २ विकेट लिए । तास्कन अहमद र मुस्तफिजुर…
Day: February 20, 2025
नेपाल एक खेल अगावै फाइनलमा
सावित्रा भण्डारी ‘साम्बा’ को निर्णायक गोलमा नेपालले लेबनानलाई १-० ले पराजित गर्दै एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेको छ। फोर नेशन्स महिला अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिप अन्तर्गत दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा सावित्राको मात्र एक गोल निर्णायक बन्यो। पहिलो हाफमा ४१ औं मिनेटमा उनले बक्स बाहिरबाट प्रहार गरेको बल लेबनानकी गोलकिपर फराह इल टयारलाई छुन पुग्दै गोलपोस्टभित्र समेटियो। नेपालले खेलको सुरुदेखि नै आक्रामक शैली अपनाएको थियो। लेबनानले नेपालविरुद्ध विभिन्न अवसर सिर्जना गरे पनि गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले उत्कृष्ट बचाउ गर्दै गोल हुन दिइनन्। नेपालले प्लेइङ–११ मा दुई परिवर्तन गर्दै मैदान…
महानगरका सम्पदा क्षेत्रमा १० हजार ७२९ वर्ग मिटर ढुङ्गा बिछ्याइयो
काठमाडौं महानगरका मेयर बालेन्द्र साहले १० हजार ७२९ वर्ग मिटर क्षेत्रमा ढुङ्गा बिछ्याउने काम भइसकेकाे बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै मेयर साहले सहरी सौन्दर्य, सम्पदा संरक्षण र पैदल यात्रीलाई सहजताको योजना अनुरूप १० हजार ७२९ वर्ग मिटर क्षेत्रमा ढुङ्गा बिछ्याएकाे बताएका हुन्। महानगरको चालु आर्थिक वर्षभित्र ३२ हजार ८५१ वर्ग मिटर क्षेत्रमा ढुङ्गा छाप्ने लक्ष्य अनुरूप काम भइरहेको र अहिलेसम्म १० हजार ७२९ वर्ग मिटर क्षेत्रमा ढुङ्गा बिछ्याएकाे उनले बताएका छन्। उनले लेखेका छन्, ‘हामीले चालु आर्थिक वर्षभित्र ३२ हजार ८५१ वर्ग मिटर क्षेत्रफलमा ढुङ्गा बिछ्याउने लक्ष्य पूरा गर्न…
बंगलादेशद्वारा भारतसामु २२९ रनको लक्ष्य प्रस्तुत
आइसिसी च्याम्पियन्स ट्रफीमा बंगलादेशले भारतसामु २२९ रनको लक्ष्य प्रस्तुत गरेको छ । यूएईको दुवई क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभर सकिन २ बल बाँकी हुँदा २२८ रनमा अलआउट भयो । कमजोर सुरुवात गरेको बंगलादेशका लागि तोहिद रिदोएले रनको योगदान गरे । चार जना ब्याट्सम्यान डक आउट भएको बंगलादेशी इनिङसमा जाकर अली ६८ रनमा आउट भए । ३५ रन जोड्दा ५ विकेट गुमाएको स्थिति सम्हाल्दै तोहिद र अलीले छैठौं विकेटका लागि १५४ रनको साझेदारी गरे । भारतका लागि मोहमद सामीले ५ विकेट लिए । आफ्नो…
न्युजिल्याण्डले साविक विजेता पाकिस्तानलाई हराएयो
बुधबारदेखि पाकिस्तानमा सुरु भएको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा न्युजिल्याण्डले विजयी सुरुवात गरेको छ । न्युजिल्याण्डले आयोजक तथा साविक विजेता पाकिस्तानलाई ६० रनले हराएको हो । न्युजिल्याण्डले दिएको ३२१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.२ ओभरमा २६० रनमा समेटियो । खुशदिल शाहले सर्वाधिक ६९ रन बनाए भने बाबर आजमले ६४ रन बनाए । त्यस्तै सलमान आघाले ४२ रन बनाए । न्युजिल्याण्डका विलियम ओ’रोर्केले ९ ओभरमा ४७ रन दिएर ३ विकेट लिए । कप्तान मिचेल सान्टनरले १० ओभरमा ६६ रन दिएर ३ विकेट लिए । म्याट हेनरीले २ तथा नेथन स्मिथले १ विकेट…
