सुनको भाउ आज एकै दिन तोलामा एक हजार एक सय रुपैयाँले बढ्यो।

सुनको भाउ आज एकै दिन तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा एक हजार एक सय रुपैयाँले बढेर तोलामा एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर  एक हजार नौ सय ८५ रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ७० रुपैयाँ रहेको थियो । 
 

Related posts

Leave a Comment