इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत देखिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने धम्की दिएका छन् । यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै शनिबार गर्ने भनिएको बन्दीहरुको मुक्ति रोक्ने घोषणा गरेको थियो । हमासको यो घोषणापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्यको प्रस्ताव गर्ने बताएका थिए । ट्रम्पपछि इजरायलका प्रधानमन्त्रीले पनि मंगलबार युद्धविराम अन्त्यको चेतावनी दिएका हुन् । सन् २०२३ को अक्टुबर ७ मा इजरायलको भूमिमा घुसेर हमासले आक्रमण गरेपछि इजरायलले पनि हमास नियन्त्रित गाजा क्षेत्रमा आक्रमण…
Category: विदेश
मिचेल स्टार्कले आईसीसी च्याम्पियन्स ट्रफी नखेल्ने
अस्ट्रेलियाका प्रमुख पेस बलर मिचेल स्टार्कले आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट नखेल्ने भएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै प्रतियोगितामा सहभागी नहुने जानकारी गराएको अस्ट्रेलियन क्रिकेट बोर्डले जनाएको छ । योसँगै अस्ट्रेलिया अब तीनजना मुख्य अनुभवी पेस बलरविहीन भएको छ । यसअघि प्याट कमिन्स र जोश हेजलवूडले चोटका कारण प्रतियोगिता गुमाउने पक्का भएको थियो । तीनवटै बलरले दुई ओडिआई र एक टी-२०आई विश्वकप सँगै जितेका थिए । स्टार अलराउण्डर मार्कस स्टोइनिसले प्रतियोगिताकै संघारमा आएर सन्यासको घोषणा गरेका थिए भने कप्तान कमिन्ससहित तीन बलर पनि नखेल्ने भएपछि अस्ट्रेलियाले स्टिभ स्मिथको कप्तानीमा अन्तिम…
अमेरिकामा अन्डा चोरी
अमेरिकाको पेन्सिल्भेनिया राज्यमा एउटा अनौठो चोरीको घटना बाहिर आएको छ । यो चोरी न पैसा हो न गहना । बरू एक किराना व्यवसायीको ट्रकबाट एक लाख अन्डा चोरी भएको हो। बीबीसीमा प्रकाशित एक खबरका अनुसार एक किराना व्यवसायीका ट्रकबाट चोरहरूले एक लाखभन्दा बढी अन्डा चोरेका छन् । चोरिएको अन्डाको मूल्य करिब ४० हजार डलर पर्छ । १ फेब्रुअरीमा चोरी भएको र चोरहरूले ट्रकको पछाडिको भागबाट अन्डा लगेको प्रहरीको भनाइ छ। अहिले अमेरिकामा बर्ड फ्लु महामारीका कारण अन्डाको मूल्य आकाशिएको छ।
अस्ट्रेलियामा भीषण बाढी
अस्ट्रेलियामा बाढीका कारण हजारौं जनाले घर छाडेर भागेका छन् । उत्तरी क्वीन्सल्यान्डमा भीषण वर्षाका कारण बाढी आएपछि एक जना महिलाको ज्यान गएको र हजारौं जना घरबार छाडेर भाग्न बाध्य भएका बीबीसीले जनाएको छ । अधिकारीहरूले बाढीको पानी घरको दोस्रो तलासम्म पुग्नसक्ने चेतावनी पनि दिएका छन् । गएको २४ घण्टामा उत्तरी क्वीन्सल्यान्डका केही भागहरूमा ७ सय मिलिमिटरभन्दा धेरै वर्षा भएको र भोलिसम्म वर्षा भइरहने स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । मौसमविद्हरूले क्वीन्सल्यान्ड क्षेत्रमा ६० वर्षयताकै सबैभन्दा ठूलो बाढी आउने सक्ने चेतावनी दिएका छन् । टाउन्सभिल शहरमा बसोवास गर्ने हजारौं…
स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु
काठमाडौं । बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ । महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् । मृतकमध्ये तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्तर्णी देवी र बालकृष्ण झाको पहिचान खुलेको छ । घाइतेहरूमध्ये मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको…
भारतको कुल गार्हस्थ्य उत्पादन (जी.डी.पी.) बढ्ने अनुमान !
भारतको कुल गार्हस्थ्य उत्पादन (जी.डी.पी.) आर्थिक वर्ष सन् २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को अवधिमा ६.३–६.८ प्रतिशतको दायरामा बढ्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण अनुसार आर्थिक वर्ष सन् २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) मा देशको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जी.डी.पी.) र कुल मूल्य अभिवृद्धि (जी.भी.ए.) वृद्धि राष्ट्रिय आयको पहिलो अग्रिम अनुमान अनुसार ६.४ प्रतिशत रहकोे अनुमान गरिएको छ । अर्थ मन्त्री निर्मला सीतारमणले शुक्रबार संसदमा आर्थिक सर्वेक्षण पेश गरेकी थिइन् । सर्वेक्षण गत आर्थिक वर्षको अर्थतन्त्रको अवस्थाको विवरण दिने प्रि–बजेट दस्तावेज हो । अर्थ मन्त्रीले शनिबार सङ्घीय…
वाशिङ्टन डीसीमा भएको हवाई दुर्घटनामा ६७ जनाकै ज्यान गएको पुष्टि
काठमाण्डौ – अमेरिकामा भएको व्यावसायिक विमान र सैन्य हेलिकप्टर दुर्घटनामा ६७ जनाकै ज्यान गएको छ । हिजो वाशिङ्टन डीसीको विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको थियो । दुर्घटनामा विमानमा रहेका ६४ जना र हेलिकोप्टरमा रहेका तीन जना सबैको ज्यान गएको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका समाचार संस्था एपीले जनाएको छ । अमेरिकामा सन् २००१ पछिकै भएको यो सबैभन्दा घातक हवाई दुर्घटना हो । सन् २००१ नोभेम्बर २१ मा अमेरिकी एअरलाइन्सको विमान न्यूयोर्कको बेले हार्बरमा आवासीय क्षेत्रमा खस्दा दुई सय ६० जनाको ज्यान गएको…
च्याट जीपीटी जस्तै चाइनिज डीपसीक, अन्तर्राष्ट्रिय शेयरबजार समेत प्रभावित
१५ माघ, काठमाडौं । च्याट जीपीटीजस्तै चीनले एआई बट डीपसीक लञ्च गरेको छ । यसले अमेरिकी सूचना प्रविधि कम्पनीमा खलबली मचाएको बीबीसीले जनाएको छ । कम लागतमा तयार गरिएको यो एआई बट १० जनवरीमा लञ्च भएपछि अमेरिकी शेयर बजारमा कयौं ठूला कम्पनीको शेयर मूल्य घटेको छ । यसको सबैभन्दा ठूलो झड्का दिग्गज चिप निर्माता कम्पनी एनभिडियालाई लागेको छ । यो कम्पनीको शेयरमा गिरावट आउँदा पाँच सय अर्ब डलरभन्दा बढी घाटा व्यहोर्नु परेको बीबीसीले जनाएको छ ।डीपसीक लञ्चका कारण अमेरिकामा मात्र नभइ, जापान, दक्षिण कोरिया र ताइवानको शेयर बजारमा पनि गिरावट…
साउदी छाड्दै नेयमार ?
काठमाडौं । ब्राजिलियन स्टार नेयमारले साउदी प्रो क्लब अल हिलालसँगको सम्झौता रद्ध गरेका छन् । क्लब र खेलाडीबीच सोमबार राति आपसी समझदारीमा सम्झौता रद्ध गरिएको जनाइएको छ । ब्राजिलका सर्वाधिक गोलकर्तासमेत रहेका ३२ वर्षीय नेयमार घुँडाको समस्या कारण अक्टोबर २०२३ देखि लगातार मैदानबाट बाहिर छन् । ‘क्लब र खेलाडीबीचको आपसी समझदारीमा सम्झौता रद्ध गरिएको छ,’ क्लबले जारी गरेको विज्ञप्तीमा भनिएको छ । दुई वर्ष अल हिलाल रहँदा नेयमारले मात्र सात खेले खेलेका छन् । उनी पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट ९० मिलियन युरोमा साउदी अरेबिया पुगेका थिए । उनले ब्राजिलबाट ७९…
जापानमा बर्ड फ्लु संक्रमण वृद्धि, ५० लाख कुखुरा मरे,
९ माघ, टोकियो । जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ । उक्त प्रकोपले गर्दा यस महिना झण्डै ५० लाख कुखुरा र अन्य चराहरूको मृत्यु भएको छ । कृषि तथा वन मन्त्रालयले यस हप्ता मोरियोका शहरका दुई कुखुरा फार्महरूमा नयाँ प्रकोपको पुष्टि गरेको छ । साथै, यस महिना २६ प्रकोप साइटहरू पहिचान गरिएको छ, जसमा करिब ५० लाख चराहरू प्रभावित छन् । मन्त्रालयले उक्त प्रकोपले गर्दा अण्डाको मूल्यमा पनि प्रभाव परेको उल्लेख गरेको छ, जुन वर्षको सुरुदेखि नै १५ प्रतिशतले बढेको छ । केही उद्योग पर्यवेक्षकहरूले सम्भावित आपूर्ति अभावको बारेमा…
