जुम्लामा गृहमन्त्रीविरुद्ध राँके जुलुस, राजीनामा माग

अन्तरजातीय विवाहलाई दबाउन तथा जातीय विभेद संरक्षण गर्न खोजेको भन्दै गृहमन्त्री रमेश लेखकविरुद्ध राँके जुलुससहित नाराबाजी गरिएको छ। जुम्लामा दलित अगुवा युवाहरूले राँके जुलुससहित गृहमन्त्री लेखकविरुद्ध नाराबाजी गरेका हुन्। जिल्ला प्रशासन कार्यालय, जुम्ला अगाडि जुलुस निकालेका उनीहरूले ‘जाति विभेद अन्त्य गर’, ‘गृहमन्त्री राजीनामा दे’लगायतका नारा लगाएका छन्। आन्दोलित युवामध्ये नन्द तिरुवाले संसद्‌मा गृहमन्त्रीको उत्तर चित्तबुझ्दो नभएको भन्दै थप आन्दोलन गर्नुपरेको बताए। आन्दोलित युवाहरूले यो विषयमा न्याय नदिएसम्म आन्दोलन निरन्तर हुने बताएका छन् । गत बुधबार जिल्लास्थित विभिन्न पार्टीका भातृ सङ्गठन तथा दलित अगुवाहरूले प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय,…

धादिङ उद्योग वाणिज्य संघको कार्यसमितिको पदभार ग्रहण

धादिङ उद्योग वाणिज्य संघको ११औं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका गरेका छन् । गत पुस २६ र २७ गते धादिङवेशीमा सम्पन्न संघको ३१औं साधारण सभा तथा ११औ अधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएका नयाँ कार्यसमितिले पदभार ग्रहण गरेका हुन् । धादिङ उद्योग वाणिज्य संघको विधानमा निर्वाचनमा सदस्य पदमा विजयी भएका व्यक्तिहरु मध्येबाट अध्यक्षले पदाधिकारी चयन गर्ने व्यवस्था अनुरुप गत माघ ६ गते बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो वैठकबाट पदाधिकारी चयन गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान अध्यक्ष विष्णुप्रसाद…

काठमाण्डौ महानगरका ३६ वटा ठाउँमा पैदलयात्रु आफैँले ट्राफिक बत्ती बाल्न पाउने

काठमाण्डौ- काठमाण्डौको बागबजारमा रहेको पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । ट्राफिक प्रहरीसँगको सहकार्यमा काठमाण्डौ महानगरपालिकाले पद्मकन्या क्याम्पस अगाडिको सडकमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको हो । पैदलयात्रुको सुरक्षालाई ख्याल गरेर महानगरपालिकाले अहिलेसम्म ३६ वटा ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको महानगरका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले बताउनुभयो । उहाँले सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षाका लागि उक्त प्रविधिको अवधारणा ल्याइएको उल्लेख गर्नुभयो । श्रेष्ठका अनुसार पेलिकन क्रसिङ गर्दा यात्रुले बटन थिच्नेबित्तिकै केही समयका लागि गाडी रोकिनेछन् र यात्रुले ढुक्कका साथ क्रस…

अमेरिकामा अन्डा चोरी

अमेरिकाको पेन्सिल्भेनिया राज्यमा एउटा अनौठो चोरीको घटना बाहिर आएको छ । यो चोरी न पैसा हो न गहना । बरू एक किराना व्यवसायीको ट्रकबाट एक लाख अन्डा चोरी भएको हो। बीबीसीमा प्रकाशित एक खबरका अनुसार एक किराना व्यवसायीका ट्रकबाट चोरहरूले एक लाखभन्दा बढी अन्डा चोरेका छन् । चोरिएको अन्डाको मूल्य करिब ४० हजार डलर पर्छ । १ फेब्रुअरीमा चोरी भएको र चोरहरूले ट्रकको पछाडिको भागबाट अन्डा लगेको प्रहरीको भनाइ छ। अहिले अमेरिकामा बर्ड फ्लु महामारीका कारण अन्डाको मूल्य आकाशिएको छ।

‘अमला काण्ड’ भन्दै अतिरञ्जित ढंगले सामग्री प्रस्तुत गर्ने ३८ वटा युट्युब च्यानल कारबाहीमा

झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ भन्दै अतिरञ्जित ढंगले प्रस्तुत गर्ने ३८ वटा युट्युब च्यानलविरुद्ध प्रेस काउन्सिल नेपालले कारबाही प्रक्रिया अघि बढाएको छ। काउन्सिलले पछिल्लो समय विभिन्न युट्युब च्यानल र फेसबुक पेजमार्फत सत्यतथ्य पुष्टि नगरी सनसनीपूर्ण समाचार सम्प्रेषण भइरहेको जनाएको छ। पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु र पीडित परिवारका भिडियो तथा तस्बिर सार्वजनिक गर्दै अमर्यादित प्रश्नहरू सोधिएको, संवेदनहीन बहसलाई प्राथमिकता दिँदै भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने सामग्री सम्प्रेषण गरिएको काउन्सिलको ठहर छ। पत्रकार आचारसंहिता, महिला उत्तरदायी सञ्चार निर्देशिका, जेष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका र वैयक्तिक गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गर्ने…

धादिङ लोक सांस्कृतिक महोत्सव २०८१ भव्यताका साथ सम्पन्न

photo : Ganes News Reporter

धादिङ लोक सांस्कृतिक महोत्सव २०८१ आज समापन भएको छ।कार्यक्रमको क्रममा नीलकण्ठ नगरपालिका तथा नगरपालिका सङ्घका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भीमप्रसाद ढुङ्गानाले कार्यक्रमको समापन भएको घोषणा गर्नुभएको हो।माघको १० गतेबाट सुरु भएको लोक तथा सांस्कृतिक महोत्सव २० गतेसम्म सञ्चालन हुने भनिए तापनि दुई दिन थप गर्दै २२ गतेसम्म चलेको थियो।कार्यक्रममा विभिन्न लोक तथा दोहोरी गायक गायिका तथा नेपाली संगीत क्षेत्रका विभिन्न कलाकारहरूको बेजोड प्रस्तुतिका सँगै अन्तरपालिका स्तरीय लोक दोहोरी प्रतियोगिता समेत सम्पन्न भएको थियो।कार्यक्रमको समापन समारोहमा बोल्नुहुँदै अतिथि ढुंगानाले यी र यस्तै कार्यक्रमहरूले जनताहरूमा थप ऊर्जा र मनोरञ्जनको क्रियाकलापहरु थप…

धादिङ आवासीय माध्यमिक विद्यालयले मनायो २८ औँ वार्षिकोत्सब

धादिङ आवासीय माध्यमिक विद्यालयको २८ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष एवंम नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नीलकण्ठ नगरपालिका उप प्रमुख दिपक विश्वकर्मा, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामा, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, शिक्षा शाखा प्रमुख प्रकाश दत्त भट्ट, नेकपा माओवादी केन्द्र धादिङका जिल्ला संयोजक मनराज भण्डारी, नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको विशेष आतिथ्यता तथा कार्यपालिका सदस्य,…

अस्ट्रेलियामा भीषण बाढी

अस्ट्रेलियामा बाढीका कारण हजारौं जनाले घर छाडेर भागेका छन् । उत्तरी क्वीन्सल्यान्डमा भीषण वर्षाका कारण बाढी आएपछि एक जना महिलाको ज्यान गएको र हजारौं जना घरबार छाडेर भाग्न बाध्य भएका बीबीसीले जनाएको छ । अधिकारीहरूले बाढीको पानी घरको दोस्रो तलासम्म पुग्नसक्ने चेतावनी पनि दिएका छन् । गएको २४ घण्टामा उत्तरी क्वीन्सल्यान्डका केही भागहरूमा ७ सय मिलिमिटरभन्दा धेरै वर्षा भएको र भोलिसम्म वर्षा भइरहने स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । मौसमविद्हरूले क्वीन्सल्यान्ड क्षेत्रमा ६० वर्षयताकै सबैभन्दा ठूलो बाढी आउने सक्ने चेतावनी दिएका छन् । टाउन्सभिल शहरमा बसोवास गर्ने हजारौं…

अवैध लागूऔषध अफिमसहित एक जना पक्राउ

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरा चोकमा अवैध लागूऔषध अफिमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–२ बैकुण्ठका ४५ वर्षीय भीमलाल मोक्तान छन् । उनलाई इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो । सिमराका डीएसपी शुभद्रा वाइबाले मोक्तनबाट ३ किलो ४४ ग्राम अफिम बरामद भएको बताउनु भयो। ‘वीरगञ्ज पथलैया खडकखण्डको फुटपाथबाट अफिमसहित उनलाई पक्राउ गरिएको हो । लागूऔषधको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाउाछौं’ वाइबाले भन्नुभयो। खैरो रङको झोलामा अफिम बोकेर हिँड्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु

काठमाडौं । बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ । महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् । मृतकमध्ये तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्तर्णी देवी र बालकृष्ण झाको पहिचान खुलेको छ । घाइतेहरूमध्ये मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको…