सिर्जना प्रतिष्ठानको १४ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न

धादिङ सिर्जना प्रतिष्ठानको १४ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ । विहिबार सम्पन्न भएको उक्त अधिवेशनले काशिका अर्याल(सृजना) को अध्यक्षतामा १५ सदस्यिय नयां कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा नवराज सापकोटा, सचिवमा रोशन कोईराला(अविरल), सह–सचिवमा शिरिषा बस्नेत र कोषाध्यक्षमा प्रगती अर्याल चयन हुनुभएको छ । त्यसै गरि सदस्यहरुमा प्रविन घिमिरे, राम प्रसाद अर्याल, रोजिना ढकाल, प्रतिमा अर्याल, अञ्जना सिलवाल, शरण रेग्मी, गौरी ढुङ्गाना, प्रकाश सापकोटा, अमृत अधिकारी, र सम्झना नेपाल कोईराला चयन हुनुभएको छ । धादिङ सिर्जना प्रतिष्ठानको निवर्तमान अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा…

पौने ४ किलो सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ

पौने ४ किलो सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् । उनीहरु विदेशी नागरिकहरु हुन् ।फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । अध्यागमनको जाँचपास गरेर बाहिर आइसकेपछि उनीहरु पक्राउ परेका हुन् । अध्यागमनको जाँचपास भइसकेपछि प्रहरीको टर्मिनल गेटमा आएका उनीहरुलाई शंका लागेर जाँच गर्दा सुन बरामद भएको हो । विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले उनीहरुमाथि अनसुन्धान भइरहेको जानकारी दिनुभयो। सुरक्षा स्रोतका अनुसार पक्राउ परेकाहरु उज्बेकिस्तानका हुन् । उनीहरुको राहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना…

नेकपा माओवादी केन्द्र धादिङले सहिद सप्ताह मनाउने

नेकपा माओवादी केन्द्र धादिङले आजबाट २१ गते सम्म सहिद सप्ताह मनाउने भएको छ । २०५२ साल फागुन १ गते नेकपा माओवादी केन्द्रका पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा फागुन १४ गते प्रथम सहिद दिलबहादुर रम्तेल र फागुन २१ गते झापा विद्रोहमा सहिद भएका दिनलाई जोडेर हरेक वर्ष सहिद सप्ताह मनाउँदै आएको कारण यस वर्ष पनि सहिद सप्ताह मनाउन लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेकपा माओवादी केन्द्र धादिङले प्रेस वक्तव्य जारी गर्दै धादिङबाट ११२ जना सहिदहरु, २८ जना वेपत्ता योद्धाहरु सहित देशभरका करिब १० हजार सहिदहरु र वेपत्ताको स्मरणमा…

आज महाशिवरात्रि पर्व, देशभरका शिवालयमा दर्शनका लागि भक्तजनको भीड

धादिङ आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शनका लागि भक्तजनको भीड लागेको छ । आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायतका विभिन्न ठाउँका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो रहेको छ ।

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै

भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । धादिङको शिद्धलेक,पशुपति मन्दिर,गुप्तेश्वरी,गोगनपानीमा रहेको बागबछला महादेव मन्दिर,महेशदोभावनमा रहेको शिव मन्दिर लगायतका मन्दिरहरुमा विशेष मेला लाग्दैछ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको…

धादिङमा ट्यांकर दुर्घटना २ जनाको मृत्यु

धादिङमा पानी बोकेको ट्यांकर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । गए राति धादिङको गुप्तेश्वरमा पानी बोकेको ट्यांकर भिरबाट खस्दा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । धादिङको प्रसिद्ध गुप्तेश्वर महादेवको गुफा नजिकै नीलकण्ठ नगरपालिका वडा नम्बर ६ को भिरबाट बा प्र–०१–००४ क ३३५२ नम्बरको पानी बोकेको ट्यांकर खसेको हो । राति करिब साढे ११ बजे दुर्घटना भएको स्थानीयले बताएका छन् । दुर्घटना भएको खबर पाएसँगै सदरमुकाम धादिङबेंसीबाट गएका सोसल भोलिन्टियरको टोलीले घाइतेहरूको उद्धार गरी जिल्ला सदरमुकाम धादिङबेंसीस्थित धादिङ अस्पतालमा पठाएका थिए भने…

भ्यानको ठक्करबाट एक जना बालकको मृत्यु

नेपालगञ्जमा भ्यानको ठक्करबाट मंगलबार एक जना बालकको मृत्यु भएको छ। सो घटनामा तीन जना घाइते भएका छन्।  नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा सडकमा गुडिरहेको भे १ च ३८९५ नम्बरको डेलिभरी भ्यान अनियन्त्रित भएर सञ्जय सिलवालको घरको आँगनभित्र छिर्दा छ वर्षीय बालक दृश्यसिंह बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिम विकले जानकारी दिए।  दुर्घटनामा स्थानीय ४३ वर्षीय सिलवाल, छ वर्षीया सृष्टि गौतम र आठ वर्षीय सञ्जीव सिलवाल घाइते भएका छन्। उनीहरू घरबाहिर आँगनमा बसिरहेका थिए। तीनै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको…

धादिङको थाक्रे गाउँपालिका-२ हुलाक डाँडामा ट्रक दुर्घटना, एक घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२ हुलाक डाँडामा खाद्यान्न बोकेको ट्रक दुर्घटना हुँदा एक जना घाइते भएका छन् । खाद्यान्न बोकेर विरगंजबाट काठमाण्डौ तर्फ आउदैं गरेको मधेश प्रदेश ०३ -००२ ख १८६८ नम्बरको ट्रक दुर्घटना भएको हो । घाईते हुनेमा दोलखा मेलुङ गाउँपालिकाका ४५ वर्षिय रमेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले बताउनुभयो । प्रहरी उपरिक्षक हमालका अनुसार ट्रक सडक भन्दा ३० मिटर तल खसेको छ । श्रेष्ठको महादेववेशीमा रहेको टाईम्स केयर अस्पतालमा उपचार भइरहेको छ ।

बागमती साहित्यिक महोत्सव–२०८१ को तयारी तीव्र

सदरमुकाम धादिङबेसीमा फागुन १६ र १७ गते हुने बागमती साहित्यिक महोत्सव–२०८१ को तयारी तीव्र पारिएको छ । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा हुने साहित्यिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले बताउनु भयो । “साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको सम्बर्धन” भन्ने मूल नारा सहित हुन लागेको बागमती साहित्य महोत्सवले सिंगो प्रदेशको साहित्यिक विकासमा उल्लेख्य योगदान पुग्ने अपेक्षा राखिएको पनि सचिव सुबेदीले बताउनु भयो । महोत्सव तयारीका क्रममा सञ्चालन हुने विभिन्न विधाका समूह छलफल, काव्य सन्ध्या, गजल साँझ र गजल प्रशिक्षणका लागि अतिथिहरुलाई निमन्त्रणा…

सुन जस्तो देखिने धातु सहित एक जना पक्राउ

प्रहरीले सुन जस्तो देखिने धातु सहित एक जनालाई नियन्त्रणमा लिएको छ। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट सुन जस्तो देखिने धातु ३ सय ५४ ग्राम सहित भारत उत्तर प्रदेश गोण्डा बस्ने ३० वर्षीय राकेश कुमारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले बेलहियाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ४४१५ नम्बरको बसमा सवार उनलाई उक्त धातु सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।