अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले विजयी शुरुआत गर्यो

धादिङ- अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलले हरायो । नेपालका लागि खेलको १०औं मिनेटमा विमला चौधरीले गोल गरिन् । शुरुआतमै अग्रता लिएको नेपालले थुप्रै अवसर बनाए पनि गोलमा परिणत हुन सकेन । चारदेशीय प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनान सहभागी छन् । प्रतियोगिताका लागि विदेशमा लिग खेलिरहेका नेपाली खेलाडीहरू एन्जिला सुब्बा तुम्बापो, रेखा पौडेल र सावित्रा भण्डारी स्वदेश आइपुगेका छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल फागुन…

दक्षिण कोरियामा डीपसीक च्याटबोट डाउनलोडमा प्रतिबन्ध

दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबोट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ। सरकारी एजेन्सीका अनुसार यो एआई मोडेल दक्षिण कोरियाका मानिसहरूका लागि त्यतिबेला मात्र उपलब्ध हुनेछ जब उक्त कम्पनीले देशको व्यक्तिगत डाटा संरक्षण कानुनको पालना सुनिश्चित गर्नेछ । बीबीसीका अनुसार पछिल्लो हप्ता डीपसीक दक्षिण कोरियामा निकै चर्चित बनेको थियो। एप स्टोरबाट लाखौंले यसलाई डाउनलोड गरिसकेका छन्। डीपसीक लोकप्रिय भएलगत्तै यो धेरै देशहरूमा अनुसन्धानको दायरामा परेको छ। गोपनीयता र राष्ट्रिय सुरक्षासम्बन्धी चिन्तालाई देखाउँदै विभिन्न स्थानहरूमा यस एपमा प्रतिबन्ध लगाइँदैछ। यसअघि नै दक्षिण कोरियामा एप डाउनलोड गरिसकेकाहरूले आफ्नो फोनबाट यसलाई प्रयोग गर्न…

पहिलो हाफमा नेपालको १–० को अग्रता

सोमबारदेखि सुरू महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले कीर्गिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । खेलको पहिलो हाफ सकिँदा नेपाल १–० ले अघि छ । ११औं मिनेटमा बिमला चौधरीले गरेको गोलले पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको हो । सबिता रानामगरको क्रसमा बिमलाले हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । आज दिउँसो भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले हराउँदै विजयी सुरूवात गरेको छ ।

धादिङमा हुन गईरहेको प्रथम बागमती साहित्यिक महोत्सवको लोगो सार्वजनिक

धादिङमा यहि फाल्गुन १६ र १७ गते प्रथम बागमती साहित्यिक महोत्सव हुने भएको छ । आईतबार धादिङबेसीमा पत्रकार सम्मेलन गर्दै उक्त महोत्सवको लोगो सार्वजनिक गरिएको छ । “साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको सम्बर्धन” भन्ने मूल नारा सहित बागमती प्रदेशको पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजना र धादिङ्ग स्थित सबै सरोकारवालाको संयोजनमा उक्त महोत्सवको आयोजना गरिएको हो । बागमती साहित्य महोत्सवले सिंगो प्रदेशको कला साहित्य र संस्कृतिको प्रवर्धन र उन्नयनमा उल्लेख्य योगदान पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा बागमती प्रदेश सरकारका पर्यटन तथा संस्कृति मन्त्री विमल ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न…

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कमा वृद्धि

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९.५६ अङ्कले बढेर २ हजार ६९८.०३ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर सबैभन्दा धेरै झन्डै ५ प्रतिशतले उकालो लागेको छ । यस्तै होटल र माइक्रोफाइनान्स समूहको शेयर झन्डै २ प्रतिशतले बढेको छ । आज विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानकी फाइनान्स, गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन न्यादी हाइड्रोपावर कम्पनीको शेयर भने…

केपी शर्मा ओलीले चार अर्बको ब्रेकफास्ट खाए: राजेन्द्र पाण्डे

नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले गिरिबन्धु टी–इस्टेटबाट प्रधानमन्त्री केपी शर्मा ओलीले चार अर्बको ब्रेकफास्ट खाएको आफूले सुनेको दाबी गरेका छन्। शनिवार नेकपा एस बागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन्।  ‘गिरिबन्धु टी–इस्टेटको कुरा सुन्नुभएछ । ०२१ सालमा भूमिसुधार ऐन आउँदा त्यो चिया बगान भनेर राज्यले छोडेको हो। आज बिर्तामोडको जमिन जो कट्ठाको २ करोडभन्दा बढी पर्छ,’ पाण्डेले भने, ‘गिरिबन्धु भ्रष्टाचारको ठुलो नमुना हो।’  गिरिबन्धु जग्गा सट्टाभर्नामा अर्बौँ रुपैयाँ बाँडिसकेका उनले दाबी गरे। ‘केही मित्रहरूले भन्नुहुन्थ्यो ४ अर्ब त प्रधानमन्त्री ज्युले ब्रेकफास्ट गर्नुभयो भनेर । यस्तै कसले…

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि क्यानले खुलायो आवेदन

नेपाल क्रिकेट संघ(क्यान) ले पुरूष राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ । क्यानले शनिबार सूचना निकाल्दै आवेदन खुलाएको हो । क्यानले ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता भएको योग्यतासहित ५ वर्षको प्रशिक्षण अनुभव भएको व्यक्ति माग गरेको छ ।साथै एसोसियट राष्ट्रको खेल गतिविधिबारे जानकार भएको व्यक्ति हुनुपर्ने उल्लेख छ । फेब्रुअरी २८ सम्म आवेदन दिने अन्तिम मिति तोकिएको छ । भारतीय प्रशिक्षक मोन्टी देशाईसँगको दुई वर्षे सम्झौता गत महिना सकिएपछि उनीसँगको सम्झौता नवीकरण भएको थिएन।

ड्यूटीमा खटिएका प्रहरी कुट्ने जोशी अझै ७ दिन थुनामा

नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियूका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई थप सात दिन थुना (हिरासत)मा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। ठमेलको अमृत मार्गमा ड्यूटीमा खटिएका प्रहरी कुटेको आरोपमा बिहीबार पक्राउ परेका जोशीलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले शुक्रबार (आज) अनुमति पाएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार जोशीलाई अभद्र व्यवहारको कसूरमा सात दिन हिरासतमा राखेर अनुसन्धान गरिनेछ। जोशीसहितले गत माघ २४ गते राति ठमेलको अमृत मार्गमा ड्यूटीमा खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्टलाई कुटपिट गरेका थिए।

त्रिशूली नदीमा बेपत्ता भएका चालक खोज्न गोताखोर परिचालन

फागुन २ धादिङ।नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका चालक खोज्न गोताखोर परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमान्डमा ६ जना गोताखोर टोली खोजीमा जुटेको हो । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार व्यक्ति त्रिशूलीमा खसेका थिए । डीएसपी महतोका अनुसार दुर्घटनास्थलमा लमजुङको साविक चन्द्रेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित…

सल्यानटारमा तरकारी बोकेको गाडी दुर्घटना

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ खोल्सीमा तरकारी बोकेको गाडी दुर्घटनामा परेको छ । धादिङबेशीबाट सल्यानटारतर्फ जादै गरेको बा २१ च ३५२६ नम्बरको तरकारी लोड भएको (हाति)गाडी आफै अनियन्त्रित भई सडकबाट तल खसेको हो । धादिङ निलकण्ठ नीलकण्ठ नगरपालिका–८ बस्दै आएका मेक मदिन मियाँ घाईते भएका छन् । उनलार्ई उपचारको लागि सल्यानटारतर्फ पठाईएको छ । खोल्सी चोकस्थित भित्री सडक खण्डबाट खसेको गाडी रुखमा अडिएको छ । घाईतेको बायाँ कानमा चोट लागेको छ । अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय सल्यानटारले जनाएको छ ।