अमेरिकामा अन्डा चोरी

अमेरिकाको पेन्सिल्भेनिया राज्यमा एउटा अनौठो चोरीको घटना बाहिर आएको छ । यो चोरी न पैसा हो न गहना । बरू एक किराना व्यवसायीको ट्रकबाट एक लाख अन्डा चोरी भएको हो।

बीबीसीमा प्रकाशित एक खबरका अनुसार एक किराना व्यवसायीका ट्रकबाट चोरहरूले एक लाखभन्दा बढी अन्डा चोरेका छन् ।

चोरिएको अन्डाको मूल्य करिब ४० हजार डलर पर्छ । १ फेब्रुअरीमा चोरी भएको र चोरहरूले ट्रकको पछाडिको भागबाट अन्डा लगेको प्रहरीको भनाइ छ।

अहिले अमेरिकामा बर्ड फ्लु महामारीका कारण अन्डाको मूल्य आकाशिएको छ।

Related posts

Leave a Comment