गण्डकीलाई हराउँदै पुलिसले जित्यो ‘टाइगर कप’ उपाधि

काठमाण्डाै – गण्डकी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लबले टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल क्लब च्याम्पियनशिपको पुरुषतर्फ उपाधि जितेको छ ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको फाइनलमा पुलिसले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हरायाे । पुलिसले पहिलो सेट २५–२३, दोस्रो सेट २५–२१ र चौथो सेट २५–२२ ले जित्यो । गण्डकीले तेस्रो सेट २५–२० ले जित्यो ।

विजेता बनेकाे नेपाल पुलिस क्लबले उपाधिसँगै पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ र  उपविजेता बनेकाे गण्डकीले दुई लाख ८५ हजार पाँच सय ५५ प्राप्त गरेकाे छ ।

Related posts

Leave a Comment