स्थानीय मुद्दा, अनुभव र संगठनात्मक क्षमता मुख्य आधार– रामबहादुर भण्डारी

धादिङ १८–माघ
धादिङ क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपाका उम्मेदवार रामबहादुर भण्डारीको उम्मेदवारीलाई स्थानीय मुद्दा, राजनीतिक अनुभव र संगठनात्मक क्षमताका आधारमा अर्थपूर्ण रूपमा हेरिएको छ। जनआन्दोलन र पार्टी संघर्षमा लामो योगदान दिएका भण्डारीलाई धेरैले “जिउँदो सहिद” का रूपमा पनि बुझ्ने गरेका छन्।

कम्युनिष्ट आन्दोलनका क्रममा निरन्तर संघर्ष, त्याग र प्रतिबद्धता देखाएका भण्डारीले व्यक्तिगत लाभभन्दा विचार र जनताको पक्षलाई प्राथमिकता दिँदै आएको स्थानीय नेताहरूको भनाइ छ। आन्दोलनका कठिन कालखण्डमा भोगेका पीडा र योगदानकै कारण उनी जनताबीच ‘जिउँदो सहिद’को रूपमा सम्मानित रहेका छन् ।

भण्डारी पार्टी संगठन निर्माण, जनआन्दोलन तथा स्थानीय राजनीतिमा अनुभवी नेता मानिन्छन्। यस क्षेत्रका सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी र युवा पलायनजस्ता समस्याबारे उनी नजिकबाट जानकार रहेको स्थानीयवासीहरूको धारणा छ।

सरल जीवनशैली, सधैं जनतामाझ उपस्थित रहने बानी र सहज पहुँचका कारण ग्रामीण तथा शहरी दुवै क्षेत्रमा उनको स्वीकार्यता बढ्दै गएको देखिन्छ। निर्वाचन अभियानमा युवाको सक्रिय सहभागिता र संगठनको चलायमानता पनि उनको उम्मेदवारीसँग जोडिएको छ।

स्थिर, विचारमा आधारित र त्यागको राजनीतिमा विश्वास गर्ने नेतृत्वको खोजीमा रहेका मतदाताबीच रामबहादुर भण्डारीलाई भरोसाको विकल्पका रूपमा हेरिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। यही कारण धादिङ क्षेत्र नम्बर–२ मा उनको पक्षमा जनसमर्थन विस्तार हुँदै गएको जनाइएको छ।

Related posts

Leave a Comment