वाई.सि.एल नेपाल नीलकण्ठ नगर समितिको पहिलो विस्तारित बैठक सम्पन्न

धादिङ, जेष्ठ-३०


नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन योङ कम्युनिष्ट लिग (वाई.सि.एल) नेपाल नीलकण्ठ नगर समितिको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ ।

शुक्रबार वाई.सि.एल नगर अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति धादिङका संयोजक मनराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि भण्डारीले कार्यक्रममा वाई.सि.एल युवाहरूको सशक्त सङ्गठन भएको उल्लेख गर्दै राष्ट्र निर्माणमा युवाहरूको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले वर्तमान राजनीतिक परिस्थितिमा युवाहरूको सक्रियता अत्यन्तै आवश्यक रहेको र पार्टीको वैचारिक, साङ्गठनिक र राजनीतिक धार सुदृढ बनाउन वाई.सि.एल ले निर्णायक भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि दिपक बिश्वकर्माले युवाहरू सशक्त र जगरुक हुँदै उत्पादनशील कार्यमा लाग्नुपर्ने बताए ।

बैठकमा नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष अमृत तामाङ, वाई.सि.एल केन्द्रीय अध्यक्ष नवराज मजकोटी, जिल्ला अध्यक्ष राजन लम्साल ‘ज्वाला’ तथा नगर सचिव हरिकृष्ण लम्सालको समेत उपस्थिति थियो ।

उक्त बैठकले सङ्गठन विस्तार, भावी कार्यदिशा, राजनीतिक अवस्था, र युवाहरूलाई कसरी साङ्गठनिक रूपमा जोड्ने भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।

Related posts

Leave a Comment