अखिल नेपाल खेलकुद महासंघ धादिङ शाखाको दोस्रो अधिवेशन प्रतापसिंह तामाङलाई अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको छ।
नवगठित समितिमा उपाध्यक्षमा विदुर अर्याल र दीपक तामाङ, सचिवमा ओम लामा, सहसचिवमा पृथ्वी कटुवाल र रोहित श्रेष्ठ निर्वाचित भएका छन्।

अधिवेशनमा महासंघका केन्द्रीय महासचिव अञ्जन धमलाको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा माओवादी केन्द्र धादिङका इन्चार्ज पुष्पविक्रम मल्ल, पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल, जिल्ला संयोजक मनराज भण्डारी, तथा महासंघका केन्द्रीय सचिव गोविन्द घिमिरेलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमले स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तार र युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने विषयमा पनि छलफल गरिएको थियो ।
