आज २५६९औँ बुद्ध जयन्ती देशैभर भव्यताका साथ मनाइँदै

धादिङ बैशाख-२९
आज २५६९औँ बुद्ध जयन्ती देशैभर भव्यताका साथ मनाइँदै छ ।

दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ ।
आज लुम्बिनीमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ भने गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई व्यापक सिँगारिएको छ ।

आज लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति ¥यालीको आयोजना गरिएको छ भने दिवस मनाउन देश तथा विदेशबाट हजारौँ श्रद्धालु भक्तजनहरू लुम्बिनीमा भेला हुने क्रम जारी छ ।

मूल कार्यक्रमको शुभारम्भ सम्मानमीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने प्रचारप्रसार समितिका ढुण्डीराज भट्टराईले जानकारी दिनुभयो ।

श्रद्धालुहरुको सुरक्षा व्यवस्थालाई पनि कडा पारिनुका साथै भक्तजनहरूले शान्तिपूर्ण वातावरणमा बुद्ध जयन्ती मनाउन सक्ने सम्पूर्ण व्यवस्था मिलाइएको भट्टराईले बताउनुभयो ।

आज हुन गईरहेको कार्यक्रमका लागि करिब एक करोड खर्च हुने अनुमान गरिएको छ ।

Related posts

Leave a Comment